वर्ष २०७५ का सर्वाधिक सफल १० गीतहरु

वर्ष २०७५ का सर्वाधिक सफल १० गीतहरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – वर्ष २०७५ सालमा ९६ ओटा नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । सिनेमामा गीत कथावस्तुलाई पुष्टि गर्न र कथालाई मजबुत बनाउन राख्ने गरिन्छ । निरन्तर पट्यार लाग्दो सिन बाट एकैछिन भएपनि दर्शकलाई गीतले मनोरञ्जन दिन्छ ।

पछिल्लो समय सिनेमा प्रचारको गतिलो हतियार बन्ने गरेको छ गीत । नेपाली सिनेमाका गीतहरुमा लोकलय, फ्युजन संगीत प्रयोग गर्ने ट्रेण्ड अहिले निकै बढिसकेको छ । यसो पछिल्लो समय लिरिकल भिडियो गीत पनि सार्वजानिक हुँदै आएको छन् । दोहोरी गीत त नेपाली संगीतकै पुरानो शैली हो । यसबाट सिनेमा संगीत पनि अछुतो रहन सकेको छैन् ।

आज हामीले २०७५ साल भित्र प्रदर्शनमा आएका सिनेमाहरुमा समावेश गरिएका युट्युबमा करोड बढि भ्युज पाएका सार्वधिक रुचाईएका १० गीतहरु :-

१) गोजीमा दाम छैन : कात्तिक १६ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘चङ्गा चेट’मा समावेश ‘गोजीमा दाम छैन’ वोलको गीतलाई ४ करोड १८ लाख पटक भन्दा बढी हेरिएको छ । यस गीतमा हरीहर तिमल्सिनाको शब्द र राजनराज शिवाकोटीको संगीत रहेको छ भने स्वरमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर छ ।

२)पहिलो नम्बरमा : असोज २४ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘छक्का पन्जा ३’मा समावेश ‘पहिलो नम्बरमा’ वोलको गीतलाई ३ करोड ५८ लाख पटक भन्दा बढी हेरिएको छ । गीतमा राजेज्द्र थापाकोे शब्द, दीपक शर्माको संगीत छ भने डेविड शंकर र विन्दु परियारको स्वर रहेको छ ।

३) फुल होइन : भदौ २२ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘रोज’मा समावेश ‘फुल होइन’ वोलको गीतलाई २ करोड ६१ लाख पटक भन्दा बढी हेरिएको छ । गीतमा राजेश कुमार श्रेष्ठकोे शब्द, एलिश कार्कीको संगीत छ । भने, प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको छ ।

 ४) बनकी चरी : मंसिर २१ गतेबाट प्रदर्शनमा आएको सिनेमा प्रसादमा समावेश गीत ‘बन्की चरी’लाई युट्युबमा १ करोड ८१ लाख पटक भन्दा बढी हेरिएको छ । बी पाण्डेको शब्द, सुवास भुषालको संगीत रहेको गीतमा रुपक डोटेल र अञ्जु पन्तको स्वर छ ।

 ५) सीओडब्ल्यु काउ : वैशाख १४ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘कोहलपुर एक्सप्रेस’मा समावेश ‘सीओडब्ल्यु काउ’ वोलको गीतलाई १ करोड ७४ लाख पटक भन्दा बढी हेरिएको छ । लोक फ्लेवरको यस गीतमा राजनराज शिवाकोटीको शब्द र संगीत छ भने स्वरमा राजनराजलाई मेलिना राईले साथ दिएकी छिन् ।

 ६) उम्लियो भने पोखिन्छ : असोज ३० गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘जय भोले’मा समावेश ‘उम्लियो भने पोखिन्छ’ वोलको गीतलाई १ करोड ५८ लाख पटक भन्दा बढी हेरिएको छ । यो गीतमा राजनराज शिवाकोटीको शब्द र संगीत रहेको छ भने स्वरमा राजनराजलाई मेलिना राईले नै साथ दिएकी छिन् ।

७) उडायो हावाले : असोज ५ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘इन्टु मिन्टु लण्डनमा’मा समावेश ‘उडायो हावाले’ वोलको गीतलाई १ करोड ५५ लाख पटक भन्दा बढी हेरिएको छ । गीतमा हर्कुलस वस्नेतकोे शब्द र संगीत रहेका छ भने स्वरमा हर्कुलसलाई निकिता थापाले साथ दिएकी छिन् ।

८) लै लै.. : मंसिर २१ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘प्रसाद’मा समावेश दुई गीतहरु करोड क्लबमा पुग्न सफल भएका छन् । ‘प्रसाद‘ समावेश ‘लै लै‘ वोलको गीतलाई १ करोड ३१ लाख पटक भन्दा बढी हेरिएको छ । गीतमा गणेश शाही शब्द, सुवास भुषालको संगीत छ भने, केतन क्षेत्रीको स्वर छ ।

९) चेप्टे चेप्टे पेरुङ्गो : वैशाख १४ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘ह्याप्पी डेज’मा समावेश ‘चेप्टे चेप्टे पेरुङ्गो’ वोलको गीतलाई १ करोड २८ लाख पटक भन्दा बढी हेरिएको छ । लोक लयको यस गीतमा राजनराज शिवाकोटीको शब्द र संगीत छ भने स्वरमा राजनराजलाई अञ्जु पन्तले साथ दिएकी छिन् ।

 १०) रहर छ सँगै : फागुन १७ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘क्याप्टेन’मा समावेश ‘रहर छ सँगै’ वोलको गीतलाई १ करोड ६ लाख पटक भन्दा बढी हेरिएको छ । यस गीतमा अर्जुन पोखरेलको संगीत तथा दिग्गज धौरालीको शब्द सुन्न सकिन्छ । भने, गीतमा अन्जु पन्त र सुगम पोखरेलले स्वर दिएका छन् ।