anmol jasita

केशव भट्टराई भन्छन्,- वितरकको इगोमा ‘यात्रा’ र ‘ए मेरो हजुर ३’ जुधे

केशव भट्टराई भन्छन्,- वितरकको इगोमा ‘यात्रा’ र ‘ए मेरो हजुर ३’ जुधे

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अहिले नेपालभरका सिनेमा घरमा सुपरस्टार अनमोल केसी र डेव्यु गर्ल सुहाना थापा स्टारर ‘ए मेरो हजुर ३’ र पहिलो सिनेमाबाटै स्टार कलाकारको रुपमा उदाएका सलिनमान बनिया र डेव्यु गर्ल मलिका महत स्टारर सिनेमा ‘यात्रा’ प्रदर्शन भैरहेका छन् । सिनेमा यात्राका निर्माता तथा वितरक सुशील पोखरेलले आफ्नो सिनेमाले तीन दिनमा १ करोड ७५ लाख ग्रस व्यापार गरेको बताएका छन् । भने ए मेरो हजुर ३ निर्माण टिमले अहिलेसम्म सिनेमाको विकेण्ड व्यापार सार्वजनिक गरेको छैन् । तर, दुबै सिनेमा एकसाथ जुध्न हुँदैन्थ्यो भन्ने चर्चा पछिल्लो समय नेपाली सिनेमा क्षेत्रमा भैरहेको छ । किनकी, यी दुबै सिनेमा सिंगल रिलिज भएको खण्डमा राम्रो पैसा कमाउन सक्ने सिनेमाको रुपमा हेरिएको थियो ।

सोमबार काठमाण्डौमा आयोजना भएको चलचित्र पत्रकार संघको आयोजना र नेपाल चलचित्र निर्माता संघको सहकार्यमा ‘चलचित्र क्षेत्रका बेथिती’का बिषयमा आयोजित अन्र्तक्रिया तथा विकास बोर्डका अध्यक्ष केशव भट्टराईलाई बधाई ज्ञापन कार्यक्रममा पुगेका बोर्डका अध्यक्ष तथा सिनेमा ‘यात्रा’का निर्माता केशव भट्टराइले दुई सिनेमा जुध्नुको कारण खुलासा गरेका छन् । दुबै चलचित्र किन जुधेँ, यसको मुख्य तत्व को हुन् भन्ने पत्रकारको प्रश्नमा भट्टराइले भने–‘हामी सिनेमा जुधाउने तयारीमा थिएनौँ । तर, दुबै सिनेमा वितरकको इगोका कारण जुधेका हुन् ।’

सिनेमा ‘यात्रा’लाई काठमाण्डौ बाहिर एफडी कम्पनी र काठमाण्डौमा गोपालकाजी कायस्थले वितरण गरेका हुन् । यस्तै, सिनेमा ‘ए मेरो हजुर ३’लाई काठमाण्डौमा गोविन्द शाही र काठमाण्डौ बाहिर मनोज राठीले वितरण गरेका हुन् । सिनेमाका निर्माता भट्टराईले वितरकका कारण सिनेमा जुध्न पुगेको बोर्ड अध्यक्ष भट्टराईको भनाई थियो ।

यसैविच, गत शनिबार चलचित्र ‘यात्रा’को कामका लागि सरकारी गाडीको दुरुपयोग किन गर्नुभयो भन्ने पत्रकारको प्रश्नमा भट्टराइले भने–‘मैले एक महिनाका लागि संचार मन्त्रालयबाट नै अनुमती लिएर बिदाको दिनमा पनि सरकारी गाडी प्रयोग गरिरहेको छु । यदि, मैले यसो गर्दा गल्ती गरेँ भने माफी चाहन्छु । केशवले आफू हलमा सिनेमाको लागि ठूलो पर्दा माग्न नभई बक्स अफिसको लागि अनुगमनमा गएको पनि स्पष्ट पारे ।

यसैविच, चलचित्र ‘यात्रा’को व्यापारिक रिपोर्ट कती हो त भन्ने पत्रकारको प्रश्नमा केशव भट्टराइले भने–‘हामीलाई पहिले नै ‘ए मेरो हजुर ३’को भन्दा इनिसियल रुपमा ‘यात्रा’को व्यापार कम हुन्छ भन्ने थाहा थियो । किनकी, ‘ए मेरो हजुर ३’मा मेगास्टार अनमोल केसी थिए, सिनेमाको ब्रान्ड थियो ।’ केशवले ‘मेगास्टार’सँग जुध्दा यसअगाडिका केही सिनेमाले पानी भन्न नपाएपनि ‘यात्रा’ले भने त्यो अवस्था नरहेको भन्दै आफूहरु व्यापारमा सन्तुष्ट रहेको स्पष्ट पारेका छन् ।