anmol jasita

अनमोलको ‘स्टारडम’ सधै उस्तै !

अनमोलको ‘स्टारडम’ सधै उस्तै !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अहिले हलमा रिलिज भइरहेका जति पनि सिनेमा छन्, ती सबै सिनेमामध्ये सबैभन्दा धेरै दर्शक  पाएको सिनेमा ‘ए मेरो हजुर ३’ हो । यो सिनेमामा अनमोल केसीको जोडी डेब्यु नायिका सुहाना थापासँग छन् । यी दुईको केमेष्ट्रीलाई दर्शकले निकै रुचाएका छन् ।नयाँ वर्षको अवसर पारेर चैत्र २९ गतेबाट प्रदर्शनमा आएको सिनेमा ए मेरो हजुर ३ले बम्पर सुरुवात गरेको थियो ।  प्रदर्शनको दोश्रो सातामा प्रवेश गरेको सिनेमा ‘ए मेरो हजुर ३’को व्यापारिक रफ्तार रोकिएको छैन । दोश्रो साता लाग्दा  पनि  झरना थापा निर्देशित सिनेमाले देशैभर आक्रामक ब्यापार गरिरहेको छ ।

सुपरस्टार अनमोल केसीले फेरि एकपटक हलमा आफ्नो क्रेज देखाएका छन् । दर्शकले लभस्टोरी सिनेमामा अनमोललाई यसअघि जति रुचाएका थिए, त्यसरी नै अनमोललाई फेरि रुचाएको स्पष्ट छ । यो प्रमाणित भएको छ कि, अनमोलको क्रेज सधै एकनासको छ । दर्शकले अहिलेलाई अनमोललाई ‘लभर ब्याय’ कै रुपमै रुचाएको देखिन्छ । दोश्रो हप्तासम्म पनि ‘ए मेरो हजुर ३’ हलमा  चाप भइरहनुले पनि यो प्रमाणित गरेको छ, अनमोल अहिलेका नम्बर वान स्टारडम भएका स्टार हुन् ।

‘लभ स्टोरी’ सिनेमाबाट नै दर्शकमाझ आफ्नो परिचय बनाएका अनमोलले बीचमा केही फरक विधाका सिनेममा काम गरे तर ती सिनेमाले लभ स्टोरी सिनेमाको तुलनामा केही कम व्यापार गरे । यसलाई कसरी पनि बुझ्न सकिन्छ भने अनमोल केसीलाई दर्शकले अहिलेलाई प्रेमीकै रुपमा देख्न चाहन्छन् ।

अनमोललाई आफ्नो सिनेमामा लिन चाहने फिल्ममेकरको कमी छैन तर अनमोल सधै राम्रो चलचित्रमा मात्र काम गर्न चाहन्छन्।

अनमोलको अर्को एउटा विशेषता के हो भने उनले सामाजिक सञ्जालमा पनि आफूलाई ब्यालेन्स गरिरहेका हुन्छन् । हरेक कुरा शेयर गर्दैनन् । जसकारण पनि दर्शकप्रति दर्शकको क्रेज सधै एकनासको रहिरहेको कतिपयले बताउने गरेका छन् ।

अहिलेका मोस्ट डिमान्डेड स्टार अनमोलले अब कुन सिनेमामा अभिनय गर्लान् दर्शकको चासो निकै बढेको छ किनकि अनमोलले  ‘ए मेरो हजुर ३’ मा कमाल गरिसकेका छन् ।