दोस्रो सातामा पनि हल पुगे अनमोल र सुहाना, ‘ए मेरो हजुर ३’ हेर्न उर्लिए दर्शक !

दोस्रो सातामा पनि हल पुगे अनमोल र सुहाना, ‘ए मेरो हजुर ३’ हेर्न उर्लिए दर्शक !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नयाँ वर्षको अवसर पारेर चैत्र २९ गतेबाट प्रदर्शनमा आएको सिनेमा ए मेरो हजुर ३ले बम्पर सुरुवात गरेको थियो । हिजो शुक्रबारबाट प्रदर्शनको दोश्रो सातामा प्रवेश गरेको सिनेमा ‘ए मेरो हजुर ३’को व्यापारिक रफ्तार रोकिएको छैन । दोश्रो साताको शनिबार पनि सिनेमाले देशैभर आक्रामक ब्यापार गरिरहेको छ । वितरक र निर्माण टिमका अनुसार दोश्रो साताको शनिबार पनि दर्शक हलमा सिनेमा हेर्न उर्लिएका छन् ।

बलिउडको प्रतिक्षित सिनेमा कलंक पनि नेपालमा शक्रबारबाट नेपालमा प्रदर्शन भैरहेको छ । बलिउडका समिक्षकबाट मिलेको निराशाजनक रिभ्युका कारण ‘ए मेरो हजुर ३’को व्यापारिक रफ्तारमा कलंकको कुनैपनि असर परेको छैन । ‘कलंक’लाई सिंगल हलमा ए मेरो हजुर ३ले उछिनेको छ, भने मल्टिप्लेक्समा पनि दोश्रो सातामा सिनेमाले पाएको उच्च शोमा दर्शक भरिभराउ छन् ।

देशकै ठुलो मल्टिपेलेक्स चेन क्यूएफएक्सले आज शनिबार ए मेरो हजुर ३ लाई दिएको १४ शोजमा दर्शकको अकुपेन्सी ८० देखि १०० प्रतिशतसम्म रहेकोछ । यस्तै, काठमाण्डौको मल्टिपेलेक्स तर्फ एफ क्युब, बिएसआर, बिग मुभिज र सिंगल तर्फका गोपिकृष्ण, अष्टनारायण मात्र होइन, मोफसलका पोखरा, चितवन लगायतका स्थानमा पनि सिनेमाको व्यापार उच्च रहेको छ । योसँगै ए मेरो हजुर ३ सुपरहिट सिनेमाको सुचिमा दताए भएको छ । यसैविच, नायक अनमोल केसी, नायिका सुहाना थापा, निर्देशक झरना थापा लगायतको टिम शनिबार काठमाण्डौको गोपीकृष्ण मुभिजमा पुगेको थियो ।

अभिनेता अनमोल केसी आफ्ना सात ओटा सिनेमा रिलिज भएसक्दा पहिलो पटक दोश्रो पटक दर्शकसँग साक्षत्कार गर्नहल पुगेका हुन् । दोश्रो सातामा पनि गोपीकुष्णका ३ पर्दा हाउसफूल भएको हल सञ्चालक प्रदीप दाहालले बताए । स्टार र फ्यानविचको साँगीतीक प्रेमकथामा निर्माण भएको सिनेमालाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । यो सिनेमालाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यही सिनेमाबाट निर्माता सुनिल कुमार थापा र निर्देशक तथा अभिनेत्री झरना थापाले छोरी सुहाना थापालाई नेपाली सिनेमा क्षेत्रमा डेव्यु गराउँदै छन् । सिनेमामा अनमोल केसीको डबल रोल रहेको छ । ‘ए मेरो हजुर ३’ले पाएको चर्चा परिचर्चा हेर्दा सिनेमाले बम्पर ओपनिङ गर्ने आशा सिनेमाकर्मीलाई छ ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमामा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।