‘विर विक्रम २’को ट्रेलर रिलिज कार्यक्रममा खुलेकी वर्षा (फोटो फिचर)

‘विर विक्रम २’को ट्रेलर रिलिज कार्यक्रममा खुलेकी वर्षा (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पछिल्लो समय प्रदर्शनको तयारीमा रहेको सिनेमा विर विक्रम २ का कारण अभिनेत्री वर्षा सिवाकोटी निकै चर्चामा छिन् । वर्षालाई राम्रो अभिनय गर्न सक्ने सुन्दर अभिनेत्रीको रुपमा चिन्ने गरिन्छ । अहिले वर्षा पुग्ने हरेक कार्यक्रममा उनको पहिरनको निकै चर्चा हुने गर्छ । ‘विर विक्रम २’को ट्रेलर रिलिज कार्यक्रममा पुगेकी वर्षाले लगाएको पहिरनको चर्चा पनि निकै भएको थियो । पछिल्लो समय वर्षा कार्यक्रममा कस्तो पहिरनमा पुग्ने भन्ने कुरालाई लिएर निकै सजग रहेकी छन् ।

‘नाई नभन्नू ल २’बाट सिनेमा क्षेत्रमा डेव्यु गरेकी वर्षा ‘विर विक्रम २’बाट निकै आशावादी छिन् । यो सिनेमा रिलिज पश्चात आफ्नो करियरले नयाँ मोड लिने बुझाई वर्षाको छ । मिलन चाम्सको निर्देशनमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता अर्पण सापकोटा हुन् । भने, सह निर्मातामा रञ्जिता सिवाकोटी रहेकी छन् । सिनेमामा वर्षाका अलवा पल शाह, नाजिर हुसेन, बुद्धि तामाङ, विनिशा भण्डारी, देशभक्त खनाल, मनोज केसी, क्षितिज सुवेदी लगायतका कलाकारको अभिनय रहेको छ ।

तस्वीर : निरज पन्थी