चक्लेटी अभिनेता पल शाह (फोटो फिचर)

चक्लेटी अभिनेता पल शाह (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘नाई नभन्नू ल ४’बाट नेपाली सिनेमामा डेव्यु गरेका अभिनेता हुन् पल शाह । उनै पल अभिनित सिनेमा ‘विर विक्रम २’ प्रदर्शनको तयारीमा रहेको छ । यसका साथै पल अहिले सुरज सुब्बा नाल्बोको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘हृदय भरी’को छायाँकनमा समेत ब्यस्त छन् । पल पछिल्लो समका चलेका अभिनेता हुन ।  तर, पल भने थोरै र सेलेक्टेड सिनेमामा मात्रै काम गरिरहेका छन् ।

गत वर्षको चैत्रमा प्रदर्शनमा आएको सुपरहिट सिनेमा शत्रुगते पश्चात पल लामो समय पश्चात ‘विर विक्रम २’ मार्फत दर्शकमाझ आउँदैछन् । पल यो सिनेमाबाट निकै आशावादी समेत रहेका छन् । दर्शकले सिनेमाको सार्वजनिक गीतसंगीत, ट्रेलर र पोष्टरबाट राम्रो प्रतिक्रिया पाएकाले पनि सिनेमाले राम्रने व्यापार गर्ने अपेक्षा सिनेमाकर्मीलाई पनि छ । यो वर्षकै प्रतिक्षित सिनेमाको रुपमा ‘विर विक्रम २’ लाई हेरिएको छ ।

मिलन चाम्सको निर्देशनमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता अर्पण सापकोटा हुन् । भने, सह निर्मातामा रञ्जिता सिवाकोटी रहेकी छन् । सिनेमामा पलका अलवा वर्षा सिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङ, विनिशा भण्डारी, देशभक्त खनाल, मनोज केसी, क्षितिज सुवेदी लगायतका कलाकारको अभिनय रहेको छ ।

तस्वीर : निरज पन्थी