कालो पहिरनमा सुन्दर आँचल शर्मा (फोटो फिचर)

कालो पहिरनमा सुन्दर आँचल शर्मा (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘नाई नभन्नू ल ४’बाट नेपाली सिनेमामा डेव्यु गरेकी अभिनेत्री हुन् आँचल शर्मा । उनै आँचल अहिले बैशाख २० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘दाल भात तरकारी’को प्रमोसनमा निकै व्यस्त छिन् । सामाजिक कथा वस्तुमा निर्माण भएको सिनेमा ‘दाल भात तरकारी’ सामाजिक विषय वस्तुमा निर्माण भएको छ । यो सिनेमाले सम्पुर्ण नेपाली समाजको आफ्नो कथा भन्ने बुझाई आँचलको छ । यो सिनेमाबाट आफुलाई दर्शकले अझै नोटिस गर्नेमा विश्वस्त छिन् ।

‘दाल भात तरकारी’मा आँचलले पहिलो पटक अभिनेता पुष्प खड्कासँग स्क्रिन सेयर गरेकी छन् । ‘जोनी जेन्टलम्यान’, ‘शत्रुगते’, ‘ब्ल्याक’लगायतका सिनेमामा काम गरेकी आँचललाई अब दुई चार ओटा सिनेमामा सोलो अभिनेत्रीको रुपमा काम गर्ने रहर रहेको द सिनेमा टाइम्ससँगको कुराकानीमा बताइन् । ‘दाल भात तरकारी’को प्रचार प्रसारमा व्यस्त आँचलका द सिनेमा टाइम्सका फोटोग्राफर निरज पन्थीले खिचेका केही तस्वीरहरु :-