कुशल अभिनय क्षमताका धनी पुष्प खड्का (फोटो फिचर)

कुशल अभिनय क्षमताका धनी पुष्प खड्का (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘दाल भात तरकारी’को प्रचार प्रसारमा निकै व्यस्त छन् अभिनेता पुष्प खड्का । यसका साथै उनको मुख्य भुमिका रहेको सिनेमा ‘मारुनी’को छायाँकन पनि धमाधम गरिरहेका छन् । सोमबार ‘दाल भात तरकारी’को प्रमोसनको लागी ललितपुर स्थित एक क्याफेमा भेटिएका उनले सिनेमा राम्रो बनेको बताए । आजसम्म काठमाडौं लगायतका देशका विभिन्न ठाउँमा पुगेर गरिएको कन्सर्ट दर्शकबाट पाएको प्रतिक्रियाबाट सिनेमाले राम्रो व्यापार गर्ने आशा व्यक्त गरे ।

‘अझै पनि’बाट सहायक अभिनेताको रुपमा नेपाली सिनेमा क्षेत्रमा भित्रिएका उनले ‘दपर्ण छायाँ २’बाट मुख्य अभिनेताको रुपमा काम गरेका थिए । तर, ‘दपर्ण छायाँ २’को असफलतामा रुमल्लिएका उनलाई ‘मंगलम’ले राम्रो अभिनय क्षमता भएको कलाकारको रुपमा चिनाएको हो । उनै पुष्पका द सिनेमा टाइम्सका फोटोग्राफर निरज पन्थीले खिचेका केही तस्वीरहरु :-