नेपाली माटो र दर्शकको आत्मीय हुन् चाहान्छु – विराज भट्ट

नेपाली माटो र दर्शकको आत्मीय हुन् चाहान्छु – विराज भट्ट

द सिनेमा टाइम्स
7
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – दशक अगाडीका लिडिङ हिरो विराज भट्ट पुन: सिनेमा क्षेत्रमा जम्ने कोशिस गर्दैछन् । एक्सन स्टारको रुपमा सम्पूर्ण नेपालीको मन जितिरहेका बेला भट्ट भोजपुरी सिनेमा खेल्न पुगे । उता ३ दर्जन बढी ब्लकबस्टर सिनेमाको योगदान दिएका भट्टले ‘जय परशुराम’बाट नेपाली सिनेमामा कमब्याक गरे । सिनेमा बक्सअफिसमा सफल भएन । तर, नेपाली सिनेमा प्रतिको मोहले टाढा जान दिएन । जहाँबाट अभिनयको पाइला चालेका थिए, त्यहिबाट नयाँ विधामा हात बढाउँदै गन्तव्यसम्म पुग्न खोजेका छन् ।

शुक्रबार आफ्नै निर्माण, निर्देशन र अभिनय रहने सिनेमाको घोषणा कार्यक्रममा नेपाली सिनेमाको मायाले नयाँ काममा हात हाल्न मन लागेको बताए । ‘मेरो दर्शकहरु नेपालमा पनि उतिक्कै हुनुहुन्छ । भोजपुरीमा पनि त्यतिकै । मैले निर्माण र निर्देशनको काम गर्दा भोजपुरी छनोट गर्न पनि सक्थ्ये होला । तर, नेपाली माटोले तानेर ल्यायो । युट्युबमा भेटिने सामाग्रीमा पनि दर्शकले मेरो प्रतिक्षा गरिरहेको कमेन्ट भेट्छु । जसले गर्दा नेपाली सिनेमासँग अझ धेरै आत्मीय हुन् मन लाग्छ । उनि सिनेमा टाइम्ससँको गफमा भाबुक भए ।

निखिल उप्रेतीले एक्सनमा धमाका मच्चाइरहेको कालखण्डमा उनकै सिनेमा ‘अग्निपथ’बाट सहायक भूमिकामा डेब्यु गरेका भट्ट, पछि गएर निखिलकै प्रतिस्पर्धी भएका थिए । त्यसपश्चात एक्सन सिनेमाको नेपालमा बाढी नै आयो । दुवैको टक्कर बक्सअफिसमा देखिन थाल्यो । हल बाहिर निस्कदा बिराज र निखिलकै एक्सन स्टन्टबारे दर्शकले बहस गर्थ्ये ।बिराज र निखिल बिस्तारै ओझेल हुन् थालेपछि सिनेमा क्षेत्रमा एक्सन हिरोको कमि भएको छ । त्यसपश्चात कुनै पनि हिरो लामो समय एक्सनमा जम्न सकेका छैनन् । के अब बिराजले नेपाली दर्शकको एक्सन प्यास मेटाउलान ? त्यसको लागि ‘साङ्लो’ रिलिजसम्म कुर्नै पर्ने हुन्छ ।