‘ए मेरो हजुर’ सिरिजले जन्माएका अब्बल कलाकार सलिनमान र सुहाना

‘ए मेरो हजुर’ सिरिजले जन्माएका अब्बल कलाकार सलिनमान र सुहाना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – एघारौं डि सिने अवार्डमा सिनेमा ‘ए मेरो हजुर’को सिरिजले जन्माएका कलाकार सलिनमान बनियाँ र सुहाना थापा उत्कृष्ट ठहरिएका छन् । ‘ए मेरो हजुर २’बाट डेब्यु गरेर सबैको ध्यान केन्द्रित गरेका सलिनमानले दोस्रो सिनेमा ‘यात्रा’बाटै आफुलाई प्रमाणित गरेका छन् ।डि सिने वार्डमा सलिनले यो लगातार दोस्रो पटक अवार्ड उचालेका हुन् । गत वर्ष ‘ए मेरो हजुर २’बाट नव-अभिनेताको अवार्ड उचालेका थिए । उत्कृष्ट अभिनेताको अवार्ड जित्ने क्रममा उनले विपिन कार्की, अनमोल केसी, प्रदीप खड्का, आकाश श्रेष्ठ र आर्यन सिग्देलजस्ता अभिनेतालाई उछिन्न सफल भए ।

भनिन्छ सुहाना यो वर्ष सम्पन्न हुने अधिकाँस अवार्डको हकदार हुन् । त्यसैले त वर्षकै पहिलो अवार्ड समारोहमा नव-अभिनेत्रीको विधामा कब्जा जमाइन । ‘ए मेरो हजुर ३’मा उत्कृष्ट अभिनय पस्केकी सुहानाको काम नयाँ लाग्दैन ।उनले यो दौडमा उपासना सिंह ठकुरी, मलिका महत, रेवती क्षेत्री, निरिषा बस्नेत जस्ता नव-प्रवेशीलाई पछि पारिन । झरना थापाले निर्देशन गरेका दुई सिनेमाबाट फिल्म क्षेत्रले दुई अब्बल कलाकार जन्माइसकेको छ ।अब झरनाको आगामी सिनेमाबाट पनि उत्कृष्ट नव कलाकार छनोटको आशा राख्न सकिन्छ ।

आजबाट २५ बसन्तमा पाइला चालेका अभिनेता सलिनमान बनियाँलाई जन्मदिनको शुभकामना पनि ।