‘विर विक्रम २’ मैले निर्देशन गरेका सम्पुर्ण सिनेमा भन्दा उत्कृष्ट छ : मिलन चाम्स

‘विर विक्रम २’ मैले निर्देशन गरेका सम्पुर्ण सिनेमा भन्दा उत्कृष्ट छ : मिलन चाम्स

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी जेष्ठ ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको ‘विर विक्रम २’ । केहीदिन पहिले मात्रै पोखरा र चितवनमा भव्य कन्सर्टको आयोजना गरेर प्रचारको सुरुवात गरेको सिनेमा निर्माण टिम सोमबार राजधानी स्थित एक क्याफेमा भेटियो । उक्त कार्यक्रममा सिनेमाका मुख्य कलाकार पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङ, निर्देशक मिलन चाम्स उपस्थीत थिए ।

निर्देशक चाम्सले मिडियासँग कुरा गर्दै पछिल्लो समय नेपाली सिनेमाले राम्रो व्यापार गर्न नसकेको बताए । नेपाली सिनेमाको गुणस्तर दिन प्रतिदिन उकासिँदै गयता पनि दर्शक हलसम्म नपुगेको गुनासो चाम्सको थियो । नेपाली सिनेमालाई हल सञ्चालक र वितरकले अझै हेपेको सुनाए । अहिले पनि चलचित्र विकास बोर्डले हरेक दिन तीन ओटा विदेशी सिनेमाको सेन्सर गर्दा पनि कुनैपनि निकायले त्यतापट्टी चासो नदिएको भन्दै विकास बोर्ड, निर्माता संघ र वितरक माथी आक्रोस पोखे ।

यस्तै निर्देशक चाम्सले आफ्नो सिनेमा निर्देशनको इतिहासमै ‘विर विक्रम २’ उत्कृष्ट सिनेमा निमार्ण भएको बताए । सिनेमामा मेरा कलाकारहरुले पनि आफुले सोचेको भन्दा पनि राम्रो काम गरेका छन् मिलनले सुनाए । यस्तै यो सिनेमामा बुद्धि तामाङ पहिलो पटक भिलेनको क्यारेक्टरमा देखिँदै छन् । उनले पहिलो पटक आफुले यस्तो च्यालेजिङ भुमिका निवार्ह गरेको भन्दै दर्शकले आफ्नो कामलाई मन पराउने आशा व्यस्त गरे । यो भुमिकालाई न्याय गर्न निकै मेहनत गरेको मेहनत गरेको बुद्धिको भनाई छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता अर्पण सापकोटा हुन् । भने सिनेमामा रञ्जीता सिवाकोटी सह निर्माताको रुपमा रहेकीछन् । ‘विर विक्रम २’मा नाजीर हुसेन, देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ । यो सिनेमालाई मिलन चाम्सले निर्माण तथा निर्देशन गरेका हुन् ।

सिनेमामा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन रहेको छ । ‘विर विक्रम २’ विल्कुलै नयाँ कथामा निर्माण भएका कारण यो हिट सिनेमा ‘विर विक्रम’को सिक्वेल नभएको निर्माण टिमको भनाई छ ।