स्वदेशी होइन, विदेशी सिनेमालाई प्रतिस्पर्धी मानौँ – मिलन चाम्स

स्वदेशी होइन, विदेशी सिनेमालाई प्रतिस्पर्धी मानौँ – मिलन चाम्स

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – यो साता नेपाली बक्सअफिसमा ५ सिनेमा रिलिज हुँदैछन् । ‘वीर विक्रम २’ र ‘जात्रै जात्रा’ जस्ता सिक्वेलले दुई हलिउड र एक बलिउडसँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।

त्यसैले यी सिनेमाले व्यापक प्रचार गरिरहेका छन्, जसले विदेशी सिनेमा छायाँमा परोस् । ‘वीर विक्रम २’का निर्देशक मिलन चाम्स पनि ‘जात्रै जात्रा’लाई प्रतिस्पर्धी मान्न तयार छैनन् । बरु, दुवै नेपाली सिनेमा मिलेर विदेशीलाई पाखा लगाउनु पर्ने तर्क गर्छन ।

‘हामि घर भित्रै कसरी प्रतिस्पर्धी हुन् सक्छौँ ? अहिलेको समय घरभित्र झगडा गर्ने भन्दा पनि बाहिरको सिनेमालाई विस्तापित गर्न तर्फ खर्चिनुपर्छ । त्यसको लागि उत्कृष्ट सिनेमा निर्माण गर्न र व्यापक प्रचारमा जोड दिनुपर्छ ।’ निर्देशक चाम्सले ‘जात्रै जात्रा’लाई सफलताको शुभकामना दिँदै अगाडी भने ‘दुवै सिनेमा राम्रोसँग चले यहिँ क्षेत्रलाई फाइदा हुन्छ । सबैको भलो हुने कुरा सोचौँ । प्रदीप भट्टराईलाई सफलताको शुभकामना !’दुई वर्ष अगाडीको हिट सिनेमा ‘वीर विक्रम’को सिक्वेलमा पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटी, बुद्दि तामाङजस्ता कलाकारको मुख्य भूमिका छ ।