विपिन भन्छन्, ‘जात्रै जात्रा’ पूर्ण मनोरञ्जनात्मक सिनेमा हो, समिक्षकलाई मन नपर्न सक्छ

विपिन भन्छन्, ‘जात्रै जात्रा’ पूर्ण मनोरञ्जनात्मक सिनेमा हो, समिक्षकलाई मन नपर्न सक्छ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा सिनेमा ‘जात्रै जात्रा’ यो वर्षका लागि प्रतिक्षित सिनेमा हो । जात्रै जात्रा मुख्य अभिनेता विपिन कार्कीले ‘फणिन्द्र’ नामको पात्रको भूमिका निर्वाह गरेका छन् । केही दिन पहिले राजधानीमा आयोजीत मिडिया भेटघाटमा मुख्य अभिनेता कार्कीले ‘जात्रै जात्रा’लाई पूर्ण रुपमा व्यवसायिक सिनेमा रहेको बताए । विपिनले अगाडी भने–‘यसपाली हामीले सिनेमालाई पूर्ण रुपमा मनोरञ्जनात्मक बनाएका छौं ।’

सिनेमा ‘जात्रै जात्रा’मा सुन काण्ड मात्र नभएर जात्राको कथालाई समेत निरन्तरता दिएको विपिनले सुनाए । विपिनका अनुसार ‘जात्रा’ले भन्दा ‘जात्रै जात्रा’ले दर्शकलाई अझै धेरै मनोरञ्जन दिन्छ भन्ने आशा छ ।’ ‘जात्रा’ले दर्शक र समिक्षक दुबैको नजरमा उत्कृष्ट सावित भएको थियो, यसै सिनेमाले विपिनलाई थुप्रै अवार्ड समारोह उत्कृष्ट अभिनेताको रुपमा उभ्याएको थियो । यस्तै उनलाई पत्रकारले ‘जात्रै जात्रा’ समिक्षकका लागि होइन त ? भनेर प्रश्न गरेका थिए । यसमा विपिनले भने–‘यसपटक आफ्नो टिमले ‘जात्रै जात्रा’लाई पूर्ण व्यवसायिक बनाइएको छ । त्यसैले समिक्षकलाई मन पर्न पनि सक्छ, मन नपर्न पनि सक्छ ।’

षट्कोण आर्टको व्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रविन्द्र सिंह बानिया हुन् । भने, ‘जात्रै जात्रा’मा सिंगे लामा र यज्ञश्वर पौडेलको लगानी रहेको छ । यसैले पनि यो सिनेमाले राम्रो व्यापार गर्ने निर्माण टिमको अपेक्षा छ । यस्तै विपिनले सिनेमा ‘जात्रै जात्रा’बाट आफू निकै आशावादी रहेको समेत बताए ।

प्रदिप भट्टराइको निर्देशनमा तयार भएको सिनेमामा विपिनका अलवा दयाहाङ राई, बर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बाँनिया लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । सिनेमाको यसअघि सार्वजनिक प्रचार सामाग्री गीतसंगीत, पोष्टरले दर्शकबाट राम्रो प्रतिक्रिया पाईरहेका छन् । ‘जात्रै जात्रा’का सार्वजनिक दुई गीत ‘माया पिरिममा’ र ‘जिवन जात्रा हो’ अहिले चर्चामा छन् ।सिनेमामा राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, अंशु महर्जन, कृष्णभक्त महर्जन, कविन्द्र त्रिपाठी, प्रेम पाण्डे, साजन थापा मगर, प्रियंका झा लगायतका कलाकारको पनि अभिनय रहेको छ । ‘जात्रै जात्रा’मा शिवराम श्रेष्ठको छायांकन, काली प्रसाद बास्कोटा, राजनराज सिवाकोटी र कृष्ण भारद्धाजको संगीत, शंकर महर्जनको द्धन्द्व, मित्र डि गुरुङको सम्पादन रहेको छ ।