‘सरौतो’को रिलिज डेट तय

‘सरौतो’को रिलिज डेट तय

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – एक्सन सिनेमा ‘सरौतो’को रिलिज डेट फिक्स भएको छ । निर्माण पक्षले असोज ३ लाई रिलिज लक गर्दै सिनेमाको पोस्टर सार्वजनिक गरेको छ । सिनेमालाई चर्चित छायाँकार हरी हुमागाईंले निर्देशन गरेका हुन् ।

’प्राविधिकको समय र वितरकसँगको छलफलपछी हामीले रिलिज मिति तय गरेका हौ’ निर्देशक हुमागाईंले भने ’फिल्मलाई राम्रो बनाउने कोसिस गरेका छौ , लेखिएको कुरा पर्दामा उतार्न सफल भएको महसुस भएको छ ।’ केहि विज्ञापन र भिडियो निर्देशन गरिसकेका हुमागाईंले भने ।

सिनेमामा सुमी मोक्तान, सन्नी सिंह, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, पराकर्म पीजेबी राण, सम्पदा दाहाल, सुवाङ्गम शाह, लियो ट्यांक, मैषा पुन मगर, प्रतिक दुलाल, मनोज तामाङ लगायतको अभिनय रहेको छ ।

‘सरौतो’मा बोल्ड अभिनेत्री सुमी एक्सन अवतारमा प्रस्तुत हुँदैछिन् । विरान्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स र ग्लिटर फिल्मस स्टुडियोमा निर्मित सिनेमामा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायाँकन, शंकर महर्जनको एक्सन, निमेष श्रेष्ठको सम्पादन र राजन राज शिवाकोटी/पुष्पन प्रधान/कमल खत्री/कोसिस क्षेत्री छ ।