दर्शकका लागि रिलिज भए ‘वीर विक्रम २’ र ‘जात्रै जात्रा’

दर्शकका लागि रिलिज भए ‘वीर विक्रम २’ र ‘जात्रै जात्रा’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – यो साता फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । प्रदीप भट्टराई निर्देशित ‘जात्रै जात्रा’ र मिलन चाम्स निर्देशित ‘वीर विक्रम २’ यो साताका फ्रेस सिनेमा हुन् ।

प्रेम र मित्रताको कथा ‘वीर विक्रम २’मा पल शाह, नाजिर हुसेन, बुद्दि तामाङ र वर्षा सिवाकोटीको मुख्य भूमिका छ । सिनेमाले बुधबार गरिएको प्रिमियरमा सबैबाट तारिफ बटुलेको थियो । त्यसैले बक्सअफिसमा राम्रो अंक ल्याउने अनुमान गरिएको छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता अर्पण सापकोटा हुन् । भने, सिनेमामा रञ्जीता सिवाकोटी सह-निर्माताको रुपमा रहेकी छन् । ‘विर विक्रम २’मा देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको पनि अभिनय छ ।

त्यस्तै १० किलो सुन काण्डको कथामा घुम्ने ‘जात्रै जात्रा’मा विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, दयाहाङ राई र वर्षा राउतको मुख्य भूमिका छ । सिनेमाले शुक्रबार विहान सम्पन्न प्रेस शोमा उत्कृष्ट प्रतिक्रिया पाएको थियो । त्यसैले यसले पनि बक्सअफिसमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।

सिनेमामा राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, अंशु महर्जन, कृष्णभक्त महर्जन, कविन्द्र त्रिपाठी, प्रेम पाण्डे, साजन थापा मगर, प्रियंका झा लगायतका कलाकारको पनि अभिनय छ । ‘जात्रै जात्रा’मा शिवराम श्रेष्ठको छायाँकन, काली प्रसाद बाँस्कोटा/राजनराज सिवाकोटी/कृष्ण भारद्धाजको संगीत, शंकर महर्जनको द्धन्द्व र मित्र डि गुरुङको सम्पादन रहेको छ ।