प्रेस शोमा रुचाइयो ‘जात्रै जात्रा’

प्रेस शोमा रुचाइयो ‘जात्रै जात्रा’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – आज शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘जात्रै जात्रा’लाई प्रेस शोमा रुचाइएको छ । शुक्रबार राजधानीमा गरिएको प्रेस शोमा कलाकार, पत्रकार र बिभिन्न फेसबुक समुहका व्यक्तिहरुले सिनेमा हेरे ।

विपिन कार्की, वर्षा राउत, दयाहाङ राई, रविन्द्र झा र रविन्द्र सिंह बानियाँको मुख्य भूमिका रहेको फिल्मले १० किलो सुनले निम्त्याएको कथा प्रस्तुत गरेको छ । सिनेमा हेरे पश्चात अधिकाँसले प्रसंशा गर्दै निर्देशक प्रदिप भट्टराईलाई बधाई दिए । उता पत्रकारले पनि सिनेमाको तारिफ गर्दै मनोरंजनको ‘फुल डोज’ बताए ।

सिनेमामा राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, अंशु महर्जन, कृष्णभक्त महर्जन, कविन्द्र त्रिपाठी, प्रेम पाण्डे, साजन थापा मगर, प्रियंका झा लगायतका कलाकारको पनि अभिनय छ ।

‘जात्रै जात्रा’मा शिवराम श्रेष्ठको छायाँकन, काली प्रसाद बाँस्कोटा/राजनराज सिवाकोटी/कृष्ण भारद्धाजको संगीत, शंकर महर्जनको द्धन्द्व र मित्र डि गुरुङको सम्पादन रहेको छ ।