शनिबार ‘जात्रै जात्रा’ आक्रामक, दर्शक प्रतिक्रियाले उत्साहित टिम

शनिबार ‘जात्रै जात्रा’ आक्रामक, दर्शक प्रतिक्रियाले उत्साहित टिम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘जात्रै जात्रा’ले बक्सअफिसमा आक्रमक ओपनिङ गरेको छ । पहिलो दिन सुखद सुरुवात गरेको सिनेमा शनिबार देशैभर आक्रामक बन्यो ।

शनिबार देशभरका मल्टीप्लेक्समा व्यापार आक्रामक रहँदा सिंगल तर्फ पनि उच्च रह्यो । प्रदीप भट्टराई निर्देशित कमेडी ड्रामालाई दर्शक प्रतिक्रिया पनि उम्दा मिलेको छ । त्यसैले सिनेमाले लामो रेस तय गर्न सक्ने सङ्केत देखाएको छ ।

शनिबार कलाकार र टिम राजधानीका केहि हल पुगेर दर्शक प्रतिक्रिया लिएको थियो । जहाँ, सिनेमा हेरका दर्शकले उत्कृष्ट भनेका थिए ।

विपिन कार्की, वर्षा राउत, दयाहाङ राई, रविन्द्र झा र रविन्द्र सिंह बानियाँको मुख्य भूमिका रहेको फिल्मले १० किलो सुनले निम्त्याएको कथा प्रस्तुत गरेको छ ।

सिनेमामा राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, अंशु महर्जन, कृष्णभक्त महर्जन, कविन्द्र त्रिपाठी, प्रेम पाण्डे, साजन थापा मगर, प्रियंका झा लगायतका कलाकारको पनि अभिनय छ ।

‘जात्रै जात्रा’मा शिवराम श्रेष्ठको छायाँकन, काली प्रसाद बाँस्कोटा/राजनराज सिवाकोटी/कृष्ण भारद्धाजको संगीत, शंकर महर्जनको द्धन्द्व र मित्र डि गुरुङको सम्पादन रहेको छ ।