साउनमा आउने भयो हरर सिनेमा ‘घर’

साउनमा आउने भयो हरर सिनेमा ‘घर’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अर्पण थापा निर्देशित हरर सिनेमा ‘घर’को फर्स्टलूक पोस्टरसँगै रिलिज डेट सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेत्री सुरक्षा पन्तको डरलाग्दो अवतार प्रस्तुत गरिएको छ । उनि दर्शकलाई तर्साउन साउन ३ गते हल पुग्नेछिन् ।

सिनेमामा सुरक्षा र निर्देशक थापाले पति-पत्नीको भूमिका निर्वाह गरेका छन् । गत वर्ष थापाकै निर्देशनमा ‘सुनकेशरी’ रिलिज भएको थियो । जसले हरर सिनेमाको इतिहाँसमै सर्वाधिक चर्चा बटुलेको थियो । ‘घर’मा बेनिशा हमालको पनि मुख्य भूमिका छ ।

२० दिनमा छायाँकन सकिएको सिनेमालाई निरज कँडेलले खिचेका हुन् । डिएस डिजिटलको व्यानरमा निर्मित सिनेमामा निर्देशक दीपेन्द्र के खनाल र शर्मिला पाण्डेको लगानी छ । भने, सिनेमाका प्रस्तुतकर्ता सुरज पाण्डे हुन् ।