पहिला निर्माता बचाऔँ – रोज राणा

पहिला निर्माता बचाऔँ – रोज राणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – गत वर्षदेखि ओरालो लागेको सिनेमा व्यापारको असर बैशाख र जेठ महिनामा देखिएको छ । पोहोर साल रिलिज भएका ९६ सिनेमा मध्ये आधा दर्जनले पनि लगानी उठाउन सकेनन् । सिनेमा चल्न छोडेपछि निर्माणमा ठुलो गिरावट आएको छ ।

आइतबार सिनेमा ‘माया बस्छ कि के हो’को प्रेसमिटमा बोल्दै गर्दा चलचित्र निर्माता संघका महासचिवले निर्माता बचाउन आग्रह गरे । सिनेमाको व्यापार घट्दा त्यसको प्रत्यक्ष असर निर्मातालाई पर्छ । कलाकारको बढ्दो पारिश्रमिक र ओरालो लागेको व्यापारले निर्माता मारमा परेको उनको तर्क थियो ।

त्यस्तै केहि दिन आगाडी  चलचित्र प्राविधिक संघले प्राविधिकको हितका लागि भनेर १२ घण्टे सिफ्ट प्रणाली घोषणा गर्यो । यसले पनि निर्मातालाई झनै गाह्रो भएको उनले बताए । ”निर्माता संघले प्राविधिक संघको पत्रको जवाफमा पहिला निर्माता बचाउन आग्रह गरेको छ । निर्माता बाँचे फिल्ममा काम गर्ने अरु पनि बाँच्छन् । एकातिर कलाकारको पारिश्रमिक बढेर फिल्म बन्न छाडेको छ । अर्कोतिर प्राविधिकले सिफ्ट सिस्टममा काम गर्दा निर्मातालाई झन् गाह्रो हुन्छ ।’ उनले अगाडी भने ‘त्यसैले पहिला निर्माता बचाऔँ ।’

बैशाख र जेठ महिनालाई सिनेमा छायाँकनको लागि उत्तम समय मानिन्छ । यो समयमा गत वर्ष ३ दर्जन बढी सिनेमा फ्लोरमा थिए । तर, यो वर्षको गिरावट जिब्रो नै टोक्नु पर्ने खालको छ । अहिले मुस्किलले आधा दर्जन सिनेमा छायाँकनमा छन् ।

निर्माता हुँदै निर्देशनमा हात हालेका राणाले ‘जय परशुराम’ र ‘मेरो पैसा खोई’ जस्ता सिनेमा निर्देशन गरिसकेका छन् । अहिले निर्देशक गोविन्द सिंह भण्डारीलाई लिएर उनि ‘खलनायक २’ निर्देशन गर्दैछन् । जुन सिनेमा असार अन्तिमदेखि छायाँकनमा उत्रने तयारी गरिरहेको छ ।