‘रातो टिका निधारमा’ घोषणा, अंकितको सानदार इन्ट्री

‘रातो टिका निधारमा’ घोषणा, अंकितको सानदार इन्ट्री

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – गत वर्षको हिट सिनेमा ‘जय भोले’को अन्तिमको आगामी दशैँलाई रिलिज टार्गेट गर्दै ‘रातो टिका निधारमा’ घोषणा गरिएको थियो । त्यसपश्चात निकै चर्चामा रहेको सिनेमाले आइतबार राजधानीमा प्रेसमिट गरि सबै सुचना साझेदारी गरेको छ ।

अशोक शर्माले निर्देशन गर्ने सिनेमाबाट उनले छोरा अंकितलाई लिड रोलमा डेब्यु गराउदै छन् । त्यसैले सिनेमाको घोषणा पनि नयाँ ढंगबाट गरियो । कुमारीको पर्दामा सम्पूर्ण परिवारलाई फोटोसहित सार्वजनिक गरियो । भने, अंकितले पर्दा हुँदै प्रेसमिटमा इन्ट्री गरे । उनको इन्ट्री गज्जबको थियो । उनले मलेसियाबाट डिजिटल फिल्म एण्ड टेलिभिजनको कोर्षमा ब्याचलर सकाएका छन् ।

उनको फिल्मी इन्ट्रीसँगै कार्यक्रम अगाडी बढेको थियो । सिनेमामा उनले साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँध्नेछन् । त्यस्तै निता ढुंगानाले रविन्द्र झासँग जोडी बाँध्दा, बुद्दि तामाङ र खुश्बु खड्काको जोडीलाई दर्शकले पहिलो पटक पर्दामा हेर्न पाउने छन् । कलाकार र प्राविधिक स्टेज चढ्दै गर्दा अभिनेत्री लक्ष्मी गिरीले सबैलाई रातो टिका लगाई दिएर स्वागत गरेकी थिइन् ।

सिनेमाको छायाँकन जेठ १० गतेबाट सुरु हुनेछ ।  छायाँकनको सुरुवातमा सिनेमाको शिर्ष गीतलाई भव्य सेटमा खिचिने निर्देशक शर्माले जानकारी दिए । जसमा साम्राज्ञी र अंकितलाई फिचर्ड गरिनेछ । यसको ओर्जिनल भर्सनमा राजेश हमाल र करिश्मा मानन्धरले सिग्नेचर ठुम्का लगाएका थिए ।

सिनेमामा बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठलगायतको पनि अभिनय रहनेछ ।

ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण हुने सिनेमामा किरण शर्मा र कृति शर्मा निर्माताको रुपमा रहनेछन । निर्देशक शर्माकी छोरी कृतिले उनलाई निर्देशनमा सहयोग गर्नेछिन् ।

सिनेमामा शम्भुजित बाँस्कोटा/कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स रहनेछ ।
भने, गायनमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारी रहनेछन ।

सिनेमाको लागि सहदेव ढुंगाना/डा. कृष्णहरि बराल/रवि मल्लले गीत लेखेका छन् । भने, प्रोडक्सन म्यानेजरको भूमिका अर्जुन रेग्मीले निर्वाह गर्नेछन् ।  गम्भीर गुरुङ टेक्निकल कोर्डीनेटर रहेको सिनेमामा फाइनानसियल म्यानेजमेन्ट अनिशा थपलियाले सम्हाल्ने छिन् ।