‘दासढुंगा’को दोस्रो भाग घोषणा

‘दासढुंगा’को दोस्रो भाग घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी ‘एमाले’का तात्कालिन महासचिव मदन भण्डारीको मृत्युमा आधारित सिनेमा ‘दासढुंगा’को दोस्रो भाग निर्माण हुने भएको छ । सन् २०१० मा निर्देशक मनोज पण्डितले ‘दासढुंगा’ रिलिज गरेका थिए ।

दासढुंगा काण्ड पछि त्यसको प्रत्यक्ष असर परेका क्षेत्रको कथालाई सिनेमाले उठाउने छ । जसको लागि अनुसन्धान भैरहेको निर्माता अपिल विष्टले जानकारी दिए । सोमबार सिनेमाको थिम पोस्टर पनि सार्वजनिक गरिएको छ । जहाँ ‘राष्ट्रपति, प्रधानमन्त्री, राजनीति र दर्घटना’लाई सिनेमाले केलाउने प्रष्ट्याइएको छ । सिनेमाले ‘दासढुंगा’ हत्या हो कि दुर्घटना हो ? भन्ने प्रश्नको चिरफार पनि गर्ने विष्टले बताए ।

कास्ट एण्ड क्रु फाइनल भैसकेका छैनन् । हप्ता दिनमा त्यो पनि फाइनल हुने निर्माता विष्टले जानकारी दिए । सिनेमामा केहि ‘दासढुंगा’का कलाकार हुनेछन् भने, केहि नयाँको इन्ट्री हुनेछ । सिनेमाको लेखन र निर्देशन भने कुमार भट्टराईले गर्नेछन् ।

अपिल विष्ट फिल्मसको प्रस्तुति रहने सिनेमासँग अस सिनेमा र म्याजिक माउन्टेन मुभिजले सहकार्य गरेका छन् । कुशल पाण्डे निर्माता रहने सिनेमामा दीपक ओली र प्रकाश केसीले कार्यकारी निर्माताको भूमिका निर्वाह गर्नेछन् । भने, सह-निर्मातामा प्रदीप आचार्य रहेका छन् ।

सिनेमा ‘दासढुंगा’मा सौगात मल्ल, अनुप बराल, संचिता लुइँटेल, दयाहाङ राई, विश्व बस्नेत, बिएस राणा, रामशरण पाठक, डा, केपी भण्डारीलगायतको अभिनय थियो ।