‘पोइ पर्यो काले’ घोषणा, सौगात र पूजाले जोडी बाँध्ने

‘पोइ पर्यो काले’ घोषणा, सौगात र पूजाले जोडी बाँध्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शिशिर राणाले निर्देशन गर्ने सिनेमा ‘पोइ पर्यो काले’को शुभ मुर्हूत गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष केशव भट्टराईले निर्देशकको भूमिका निर्वाह गर्दा चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले क्ल्याप ठोके । भने , निर्देशक सम्झना उप्रेती रौनियारले क्यामरा अन गरिन । वितरक गोपालकाजी कायस्थले नरिवल फूटाउँदै सबैले सफलताको शुभकामना व्यक्त गरे ।

‘तिमि सँग’ निर्देशक शिशिर राणाले निर्देशन गर्ने मल्टीस्टारर सिनेमामा सौगात मल्ल, पूजा शर्मा, सृष्टि श्रेष्ठ, आकाश श्रेष्ठ, सुरक्षा पन्त र सोहित मानन्धरको अभिनय रहनेछ । सुरक्षा यस टिममा इन्ट्री गर्ने कान्छो सदस्य हुन् । सिनेमामा सौगात र पूजाले जोडी बाँधेछन् । भने, सोहितसँग सुरक्षाको जोडी हुनेछ ।

जेठ १३ बाट छायाँकनमा जाने सिनेमामा राजाराम पौडेल, बिन्दा खतिवडा, जयनन्द लामा, गोपाल ढकाल (छन्दे)लगायतका कलाकारको पनि अभिनय रहनेछ । कमेडी जनराको सिनेमाको कथा निर्देशक स्वयम्ले लेखेका हुन् ।

सुवास भुसाल/ पुरुषोत्तम न्यौपानेको संगीत रहने सिनेमामा शिव ढकालको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन र कविराज गहतराज/रामजी लामिछाने/रविन शाहको कोरियोग्राफी रहनेछ ।

श्याम बहादुर थापा प्रस्तुतकर्ता रहने सिनेमालाई दिपक मनाङ्गे र अ.देवी राईले निर्माण गर्नेछन् । सिनेमाको कार्यकारी निर्मातामा किरण नेपाली र रघु परियार छन् । भने, अर्जुन खनिया र देव तामाङको सह-निर्माण रहनेछ । कार्तिक ८ दिपावलीको दिनलाई सिनेमाको रिलिज डेट तय गरिएको छ ।