अष्ट्रेलियामा ‘जात्रै जात्रा’लाई दर्शकको राम्रो साथ

अष्ट्रेलियामा ‘जात्रै जात्रा’लाई दर्शकको राम्रो साथ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – जेष्ठ ३ गते शुक्रबारबाट प्रदर्शन भैरहेको सिनेमा ‘जात्रै जात्रा’ले बक्सअफिसमा राम्रो कारोबार गरिरहेको छ । नेपालमा सफलताको साथ प्रर्दशन भइरहेको सिनेमाले अष्ट्रेलियामा पनि दर्शकको राम्रो साथ पाएको निर्माण टिमले जनाएको छ ।

‘जात्रै जात्रा’ अष्ट्रेलियाको व्रिजवेन, सिड्नी र तासमानिया लगायत सहरमा प्रर्दशन भइरहहेको छ । यो सिनेमालाई दर्शकले रुचाएपछि अष्ट्रेलियामा केही शो थपिएको छ । सिड्नीमा पहिला ४ शो तोकिएको थियो । दर्शकको चाप अत्याधिक बढेपछि ८ शो बनाइएको छ ।

त्यस्तै एडिलेडमा दर्शकको चापलाई व्यवस्थापन गर्न पहिलो पटक एकचोटी तीन वटा हलमा एकै पटक ‘जात्रै जात्रा’ प्रशर्दन गरिने भएको छ । यो सिनेमालाई अष्ट्रेलियामा ‘हो र होइन होला इभेन्ट’ले वितरण जिम्मा लिएको थियो । प्रदिप भट्टराईले निर्देशन गरेको सिनेमामा विपिन कार्की, दयाहाङ राई, वर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल लगायत कालाकारको अभिनय रहेको छ ।