anmol jasita

हेटौंडामा पत्रकार तथा कवि नवराज लम्साल पुरस्कृत

हेटौंडामा पत्रकार तथा कवि नवराज लम्साल पुरस्कृत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘चलचित्र दिवस २०७६’को अवसरमा चलचित्र पत्रकार संघ मकवानपुरले यो वर्षको ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान २०७६’ बाट वरिष्ठ सञ्चारकर्मी तथा कवि डा. नवराज लम्साललाई सम्मान गरेको छ । २० औँ चलचित्र पत्रकारिता दिवसको अवसरमा संघको मकवानपुर शाखाको आयोजनामा मंगलबार हेटौँडामा आयोजना भएको एक कार्यक्रमकाबीच उहाँलाई नगद ११,१११ राशी सहित सम्मान गरेको हो । विगत तिन दशकदेखि नेपाली कला र भाषा र सिनेमा क्षेत्रमा कलम चलाउनु भएका डा. लम्साल हाल रेडियो नेपालमा कार्यरत छन् ।

सोही अवसरमा यो वर्ष ‘चलचित्र पत्रकारिता पुरस्कार २०७६’ बाट मकवानपुरबाट नेपाल समाचार पत्रमा कलम चलाउदैं आउनु भएका पत्रकार रोशन पराजुलीलाई पुरस्कृत गरिएको छ । पराजुलीलाई नगद ५ हजार राशीसहित पुरस्कृत गरिएको हो । हेटौंडाबाट विस २०५२ सालदेखि कामना न्युज पब्लिकेशन प्रालि र नेपाल समाचार पत्रमा कलम चलाउदैं आएका पराजुली हेटौंडाबाट प्रकाशित हेटौंडा सन्देशका पनि कार्यरत रहेका छन् ।

संघले मकवानपुरबाट राष्ट्रिय स्तरमा कलाकारिता गर्दै आएका कलाकारलाई पनि सम्मान गर्ने गरेको छ । यस वर्ष द्धन्द निर्देशक तथा कलाकार राजेन्द्र खड्कीलाई सिनेमाकर्मी सम्मान २०७६ बाट सम्मान गर्ने निर्णय गरेको थियो । तर उहाँ पारिवारिक समस्याले कार्यक्रममा आउन असर्मथ रहे । उनलाई यसपछि आयोजना गरिने कुनै कार्यक्रममा सम्मान प्रदान गरिने संघका अध्यक्ष मणिराज गौतमले बताए ।

उक्त कार्यक्रममा नेपाली काँग्रेस प्रदेश ३ का ससदीय दलका नेता तथा मकवानपुरका सभापति ईन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश ३ का प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोखरेल, पूर्व महासचिव पोषण केसि, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, नेपाल पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्ट, पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि हुमागाई, चलचित्र पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष कुमार अधिकारी लगायत पत्रकार तथा सिनेमाकर्मीहरुको उपस्थिति रहेको थियो ।