anmol jasita

नाम मात्रको होइन, फेयर बक्सअफिस लागु होस् : भुवन केसी

नाम मात्रको होइन, फेयर बक्सअफिस लागु होस् : भुवन केसी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मंगलबार आयोजित चलचित्र पत्रकार संघ नेपालको २० औं वार्षिक उत्सवमा सिनेमाकर्मी देखि पत्रकारको वाक्लो उपस्थीती रहेको थियो । उक्त वार्षिक उत्सवमा उपस्थीत सिनेमाकर्मीले चलचित्र पत्रकार र सिनेमाकर्मीवीच नङ र मासुको जस्तो सम्बन्ध रहेकाले यो सम्बन्ध आगामी दिनमा अझै प्रगाढ बनाउँदै लैजानु पर्नेमा जोड दिए ।

यस्तै सदाबहार अभिनेता भुवन केसी पुरस्कृत र सम्मानित हुने पत्रकारलाई बधाई तथा शुभकामना दिदै गर्दा उनले भने हरेक पटक नेपाल सरकारको सुचना तथा सञ्चार प्रविधि मन्त्री चेन्ज हुँदा बक्सअफिस लागु हुने आशा राखे पनि जहिल्यै निराशा मात्रै हात लाग्ने गरेको अनुभव सुनाए । उनले अगाडी भने यस पटकका सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटा र बोर्ड अध्यक्ष केशव भट्टराईबाट निर्माता निर्देशकले ठुलो आशा राखेको सुनाए ।

यस्तै अहिलेसम्म ’सञ्चार मन्त्रालय र चलचित्र विकास बोर्डमा धेरै मन्त्री र अध्यक्षहरु फेरिनु भयो । तर, न बक्सअफिस लागू भयो न त सिनेमा क्षेत्रको विकासले नै ठुलो फड्को मार्यो । त्यसैले अब लागु हुने बक्सअफि नाम मात्रको चाहिँ लागू नहोस् । फेयर बक्सअफिस लागू होस भन्ने आफ्नो चाहाना रहेको भन्दै मन्त्री र बोर्ड अध्यक्षलाई मेरो आग्रह आगामी दिनमा निर्माताले बक्सअफिस लागेको आभाष गर्न पाउन ।’