anmol jasita

प्रहरी अवतारमा अनुप ‘कप्स’ पोष्टर रिलिज

प्रहरी अवतारमा अनुप ‘कप्स’ पोष्टर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी जेष्ठ १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा कप्सको अफिसियल पोष्टर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक २ पोष्टरमा मुख्य कलाकार अनुप विक्रम शाही, सन्दीपा लिम्बु, अनुपमा भण्डारी, अमित गिरीलगायतका कलाकारलाई स्थान दिइएको छ । सत्य सेवा सुरक्षणम्को नारा दिइएको सिनेमाले नेपाल प्रहरी, पोलिटिक्स, पत्रकार र पब्लीकको कथा भन्ने निर्देशक सम्राट सापकोटाले बताए ।

सिनेमालाई सम्राट सापकोटाले निर्देशन गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो । प्रायः हिरोसँग बदला लिने चरित्रमा मात्र प्रस्तुत हुँदै आएका उनले यसमा एक सच्चा प्रहरी अधिकृतको भूमिका निभाएको बताए । सिनेमालाई सम्राट सापकोटाले निर्देशन गरेका हुन् । ‘कप्स’मा अनुपविक्रम र संन्दीपाका अलवा अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’को संयुक्त व्यानरमा निर्माण भएको सिनेमालाई राम शाक्यले निर्माण गरेका हुन् । एक्सन र लभस्टोरी जनरामा बनेको सिनेमामा सुशान्त प्रजापतिको छायांकन, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी, विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत, अष्ट महर्जनको द्वन्द्व, विपिन मल्लको सम्पादन रहेको छ ।