मिन बहादुर भामको ‘चिसो वर्ष’ले कान्समा जित्यो ६० हजार डलर

मिन बहादुर भामको ‘चिसो वर्ष’ले कान्समा जित्यो ६० हजार डलर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अहिले फ्रान्सको पेरिसमा कान्स फिल्म फेस्टिभल भैरहेको छ । उक्त फेस्टिभलमा मिन बहादुर भामको आगामी सिनेमा ‘चिसो वर्ष’ले एक नर्वेजियन पुरस्कार जितेको छ । विश्वभरका सिनेमा मेकर्सले निवेदन दिएका ५२ वटा सिनेमा निर्माण योजनालाई उछिन्दै मीन बहादुर भामको ‘द इयर अफ कोल्ड’ (चिसो वर्ष)ले नर्वेजियन सरफन्ड जितेका हुन् । जसको राशी ६६ लाख ८४ हजार नेपाली रुपैयाँ (६० हजार अमेरिकी डलर) रहेको छ ।’

निर्णायक मण्डलले चिसो वर्षसँगै अन्य ६ वृत्तचित्र तथा कथानक फिल्मलाई पनि छनोट गरेको छ । मीनबहादुर भाम केही वर्ष पहिले निर्माण गरेको हिट सिनेमा कालो पोथीका निर्देशक पनि हुन् । उक्त सिनेमालाई सोनी फिल्म्स्ले निर्माण गर्दैछ । चिसो वर्षको कथामा आफ्ना हराएको श्रीमान खोज्नका लागि गर्भवती श्रीमती पेमा र बौद्ध भिक्षु कर्मा हिमालयको एक लामो यात्रामा गरेको संघर्षको कथा हो । यही यात्राकै क्रममा घट्ने उनीहरुको जीवन घट्ने विभिन्न विभिन्न समस्याका बाबजुद कसरी जीवन बदलिन्छ भन्ने देखाइने छ ।यही सुक्ष्म र संवेदनशील विषय बस्तुलाई मियो बनाएर पितृसत्तात्मक समाजमा महिलाको अधिकार एवं मान्यताको दैनिक संघर्ष कथामा समेटिएका छन् । यसमा मुख्य पात्रको यात्राको माध्यमबाट नेपालको जीवन जिउने कला र समृद्ध संस्कृतिक विशेषता दुवै चित्रित गरिएको छ । यसैगरी अफगानिस्तानको द पोस्टम्यान, चीनको द स्ट्रेन्जर, इजिप्टको एज आई वान्ट, दक्षिण अफ्रिकाको हाउ टु स्टिल अ कन्ट्रीलगायतका सिनेमाले यो अवार्ड जितेका हुन् ।

यसअघि पनि उक्त सिनेमाको स्क्रिप्टका लागि मिन भामले १ सय १४ वटा आवेदनलाई पछि पार्दै एसियन सिनेमा फन्ड जितेका थिए । उक्त फन्डको राशी १० हजार अमेरिकी डलर थियो । यस्तै चिसो वर्षले यसअघि स्वीटजरल्यान्डको लोकार्नो फिल्म फेस्टिभलमा ६ हजार यूरो करिब ८ लाख रुपैयाँ जितेको थियो । सोसल ड्रामा जनराको चिसो वर्ष निर्माणाधीन अवस्थामा छ । मीन भामले निर्देशन गरेको चलचित्र कालो पोथीले यसअघि थुप्रै अन्र्तराष्ट्रिय अवार्ड जितेको थियो ।