बक्सअफिस लागू गर्छु भन्दा म हल सञ्चालकका लागि छुच्चो भएको छु : संचारमन्त्री बाँस्कोटा

बक्सअफिस लागू गर्छु भन्दा म हल सञ्चालकका लागि छुच्चो भएको छु : संचारमन्त्री बाँस्कोटा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मंगलबार आयोजीत चलचित्र पत्रकार संघ नेपालको २० औं वार्षिक उत्सव तथा चलचित्र पत्रकारिता दिवसको अवसरमा सम्पुर्ण सिनेमा क्षेत्र र चलचित्र पत्रकारिताको बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले कुनै पनि हालतमा असार मसान्त भित्र नेपालभरका सिनेमा हलमा बक्स अफिस लागू हुने बताए । यसका साथै सिनेमा क्षेत्रको विकासमा आफु र आफ्नो सरकार सधैंव तयार रहेको बताए ।

संघको वार्षिक उत्सवमा बोल्दै मन्त्री बाँस्कोटाले यसै वर्षभित्र उपत्यका उपत्यका बाहिर पनि बक्सअफिस लागू हुने र कार्यन्वयन गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे । ’अब ‘ई–टिकेटिङ सिस्टम’ कसैले रोकेर रोकिन्न । यस वर्षभित्र उपत्यका बाहिर बक्सअफिस लागू गर्न मन्त्रालयले बोर्डलाई निर्देशन दिइसकेको छ’, मन्त्री बाँस्कोटाले भने ’बक्सअफिस लागू गर्छु भन्दा म हल सञ्चालकका लागि छुच्चो भएको छु । सिनेमा क्षेत्रको हित हुने काममा म छुच्चो हुन पनि तयार छु ।’उनले सिनेमामा लगानी गर्ने निर्माता भएता पनि सिनेमा रिलिज पश्चात निर्माणपछि कसैलाई पनि सन्तुष्टि नमिल्ने आफूले सुनेको बताए । साथै आफू सेन्सर बोर्डमा अहिलेसम्म नगएको र कतिपय काम बोर्डका अध्यक्ष केशव भट्टराईलाई गर्न निर्देशन दिएको बास्कोटाले सुनाए । साथै उनले नेपाली सिनेमा एउटा हलमा कम्तिमा पनि ३ महिना चल्नुपर्ने धारणा व्यक्त गरे ।

नेपाली सिनेमाले आफ्नो देशको मौलिक कला र संस्कृतिको मतलब नगरेर विदेशी कथा र संस्कृतिलाई जोड दिएकाले अझै पनि नेपाली सिनेमाले विकासमा फड्को मार्न नसकेको मन्त्री बास्कोटाको बुझाई छ । त्यसैले सम्पुर्ण सिनेमाकर्मी र पत्रकारले मौलिक कथावस्तु र नेपाली संस्कृतिको माध्यमबाट नेपाल र नेपाली सिनेमालाई अन्र्तराष्ट्रिय स्तरमा पु–याउन ध्यान दिन सवैलाई आग्रह गरे ।