हङकङमा ‘च च हुई’ भन्दै आर्यन र भोला

हङकङमा ‘च च हुई’ भन्दै आर्यन र भोला

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘लेटर’बाट नेपाली सिनेमा क्षेत्रमा निर्देशकको रुपमा डेव्यु गरेका निर्देशक हुन् साम्तेन भुटिया । उनले पहिलो सिनेमाबाट नै दर्शक माँझ नोटिस भएका थिए । उनै साम्तेन भुटियाको निर्देशनमा तयार भइरहेको पछिल्लो सिनेमा हो ’च च हुई’ । यो सिनेमाको छायाँकन गत साता देखि हङकङमा भईरहेको छ । एक साताको सेड्युल लिएर गत शुक्रबार त्यसतर्फ सिनेमा निर्माण टिम प्रस्थान गरेको थियो । तान्द्रो, अनागत, सुस्केरा र साढे सात निर्देशन गरिसकेका साम्तेन यसपटक कमर्सियल सिनेमा निर्देशन गरिरहेका छन् ।हरेक सिनेमामा कथावस्तु फरक भएता पनि उनले उस्तै प्रकृतिको सिनेमा निर्देशन गरिरहेको आरोप उनलाई लाग्ने गरेको थियो । त्यसैले पनि उनले यसपटक भिन्न किसिमको कथामा सिनेमा निर्माण तथा निर्देशन गरिरहेका छन् । हङकङको नर्थ पोइन्ट, जोर्डन, गार्डेन हिल लगायतका रमणीय स्थानमा सिनेमाको छायाँकन भइरहेको छ ।सिनेमाको छायाँकनको लागि अभिनेता आर्यन सिग्देल, माओत्से गुरुङ र भोला राज सापकोटासँगै छायाँकार सुशन प्रजापति, निर्देशक साम्तेन भुटिया, निर्माता अमृत घोले लामा लगायत हङकङ पुगेका छन् । त्यहाँ आर्यन र भोलाको विभिन्न दृश्यको छायाँकन भइरहेको छ । पुस्कर गुरुङ, मिरुना मगर, बबिता मल्ल लगायतको अभिनय रहेको सिनेमाको नेपालको हिमाली भेगमा शुटिङ सकिएपछी यतिबेला विदेश छायाँकनको लागी निर्माण टिम हङकङ पुगेको हो ।त्यसपछि नेपाल आएर सिनेमाको गीतको छायाँकन गर्ने निर्माता अमृत घोले लामाले बताए । एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्मित कमेडी जनरको यो सिनेमाको पटकथा तथा संवाद सिजन दाहाल र संदेश अर्यालले लेखेका हुन् । ‘यसपटक कमर्सियल सिनेमा निर्माणको जमर्को गरेको छु’ साम्तेन भन्छन् ‘सिनेमा मार्फत दर्शकलाई भरपुर मनोरंजन दिलाउने प्रयास रहनेछ ।’ सिनेमामा पछिल्लो समयका चर्चित संगीतकार राजनराज शिवाकोटी र रोशन थापाको संगीत रहेको छ ।