दोस्रो सातामा ‘जात्रै जात्रा’ र ‘विर विक्रम २’

दोस्रो सातामा ‘जात्रै जात्रा’ र ‘विर विक्रम २’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गएको शुक्रबारबाट प्रदर्शनमा आएका दुई सिनेमा ‘विर विक्रम २’ र ‘जात्रै जात्रा’ले प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेका छन् । दुवै सिनेमाले प्रदर्शनको सुरुवाती दिनमा दर्शकको राम्रो साथ पाएका थिए । तर,  विक डेजबाट भने ‘जात्रै जात्रा’को तुलनामा मल्टिपेलेक्समा ‘विर विक्रम २’ केही कमजोर देखिएको छ । दोस्रो सातामा ‘जात्रै जात्रा’ले मल्टिपेलेक्समा आफ्नो दबदबा कायम राखेता पनि सिंगल हलमा भने ‘विर विक्रम २’सँग बराबरी पर्दा सेयर गर्नु परेको छ । ‘विर विक्रम २’ले मल्टिपेलेक्स भन्दा सिंगल हलमा राम्रो व्यपार गरेको बितरक सुनिल मानन्धरको  भनाई छ ।

दोस्रो सातामा जात्रै जात्रालाई काठमाण्डौको सबैभन्दा ठूलो मानिएको क्यूएफक्सले विभिन्न चेनमा १९ शोज दिएको छ । पहिलो सातामा पनि सिनेमाले १९ शोज नै पाएको थियो । जात्रै जात्राका कार्यकारी निर्माता रविन्द्र सिंह बाँनिया भन्छन् – ‘सिनेमाले दोश्रो सातामा पनि दर्शकको उस्तै माया पाएको छ । सिनेमाको व्यापार दोस्रो साताको शुक्रबार र शनिबार पहिलो साताको भन्दा पनि आक्रामक हुने देखिएको सुनाउँछन् ।’

प्रदिप भट्टराई निर्देशित सिनेमामा  विपिन कार्की, बर्षा राउत, रविन्द्र झा, रविन्दै सिंह बाँनिया, दयाहाङ राई, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

‘विर विक्रम २’मा पल शाह, वर्षा सिवाकोटी, नाजीर हुसेन, देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ । यो सिनेमालाई मिलन चाम्सले निर्माण तथा निर्देशन गरेका हुन् । सिनेमामा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन रहेको छ ।