‘प्रेमगीत ३’को लिड क्यारेक्टरको अडिसनको लागी २५ युवतीको छनोट

‘प्रेमगीत ३’को लिड क्यारेक्टरको अडिसनको लागी २५ युवतीको छनोट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुपरहिट सिनेमा प्रेमगीतको अब तेस्रो सिरिज निर्माण हुँदैछ । दशैं अगावै फ्लोरमा जाने ’प्रेमगीत ३’ का लागि अहिले निर्माण टिम ’गीत’ को क्यारेक्टरका लागि अभिनेत्रीको खोजीमा छ । निर्माता सन्तोष सेनको निर्माण गरेको हिट सिरिज प्रेमगीत ३ को लागी केहीदिन पहिले मुख्य अभिनेत्री गीत क्यारेक्टरको लागी आवेदन खुल्ला गरिएको थियो । निर्माता सेनका अनुसार गीत क्यारेक्टरका लागी नेपाल तथा विदेशबाट करिब २ हजार ७ सय १४ जनाले आवेदन दिएका थिए ।१८ वर्ष भन्दामाथि र २५ नपुगेका युवतीहरुले सिनेमाको मुख्य क्यारेक्टर ’गीत’ का लागि अडिसन दिन सक्ने निर्माण कम्पनीले विज्ञप्तीमार्फत् जानकारी गराएको थियो । जेठ १० गते बिहीवारबाट अडिसन आह्वानको मिति सकिएको छ । आवेदन दिएकाहरु मध्येबाट शुक्रवार उत्कृष्ट २५ जना युवतीलाई अडिसनका लागि छनोट गरिएको छ ।निर्माता सन्तोष सेन, निर्देशक छेतेन गुरुङ, सिनेम्याटोग्राफर राजेश श्रेष्ठलगायतको टिमले २७ सय १४ जनाबाट उत्कृष्ट २५ छानेको हो । अब, उत्कृष्ट २५ बाट अभिनेत्री अर्थात् सिनेमाका मुख्य पात्र ‘गीत’का लागि एक जना छनोट गरिनेछ । प्रेमको जोडि अर्थात ‘गीत’को लागि आएका आवेदन सवै जना सुन्दर र आकर्षक हुनु हुन्थ्यो, उहाँहरुबाट उत्कृष्ट २५ छान्न हामिलाई निकै हम्मे–हम्मे परेको निर्माता तथा निर्देशक सेनले बताए ।‘प्रेमगीत’मा प्रदीप खड्कासँग अभिनेत्री पूजा शर्माले स्क्रिन सेयर गरेकी थिइन । भने प्रेमगीत २ मा प्रदीपसँग अश्लेषा ठकुरीको जोडी बाधिएको थियो । अब निर्माण हुन लागेको सिनेमा ‘प्रेमगीत ३’मा नयाँ प्रतिभालाई नेपाली सिनेमा क्षेत्रमा भित्राउने तयारी निर्माता सेनले गरेका छन् । उत्कृष्ट २५ मा छानिएका मध्येबाट एक जनाले प्रेमगीत ३ मा प्रदीप खड्कासँग स्क्रिन सेयर गर्नेछन् । तर ती २५ बाट एक जनालाई छान्न निकै कठिन रहेको निर्माता सेनको भनाई छ । तर, उनिहरु मध्यबाट एक जनालाई अभिनय क्षमता, लुक्स, उचाई, सुन्दरताको मापन गरेर गीत क्यारेक्टर पक्का गर्ने निर्माता सेनद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।आशुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमालाई निर्माता सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गर्दैछन् । सिनेमाको कथा, पटकथा तथा संवाद निर्देशक छेतेनले नै लेखिरहेका छन् । केही दिनयता निर्माण टिम लोकेशन हन्टिङ र स्क्रिप्टलाई अन्तिम रुप दिन व्यस्त छ । फ्लोरमा नजाँदै सिनेमाको प्रदर्शन मिति आउँदो चैत २८ गतेलाई तोकिएको छ । प्रेमगीत ३ को विषयमा चाँडै विशेष पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी निर्माण टिमको छ ।