‘मन्द मन्द’मा कसिस र नविनको अनस्क्रिन रोमान्स

‘मन्द मन्द’मा कसिस र नविनको अनस्क्रिन रोमान्स

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बैशाखको तेस्रो साताबाट छायाँकन भैरहेको सिनेमा मन्द मन्दको मुख्य भुमिकामा कसिस दाहाल र नविन रेग्मी अनुबन्धित भएका छन् । राजबहादुर सानेको लेखन र निर्देशनमा निर्माण भइरहेको सिनेमाको मुख्य भुमिकाको लागी केही समय अघिनै अभिनेता बिनय श्रेष्ठ, प्रमोद अग्रहरि र रबिन्द्र झा अनुबन्धित भएता पनि बा“की दुई कलाकार कसलाई लिने भन्नेमा निर्माता,निर्देशक अन्यौलमा थिए ।अन्नत उक्त भुमिकाको लागी कसिस र नवीनले अबसर पाएका छन् । सस्पेन्स सोसियल ड्रामा निर्माण भैरहेको सिनेमा मन्द मन्दको हाल जुम्लाका बिभिन्न स्थानमा छायाँकन भैरहेको जानकारी निर्देशक सानेले दिएका छन् । रुद्राक्ष फिल्मस्को ब्यानरमा रुद्र खनाल कार्यकारी निर्माता रहेको सिनेमाको निर्मातामा टेकराज रेग्मी र कमल गिरी छन् ।

काठमाडौबाट सुरु भएको मन्द मन्दको सुटिङ नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत, कालिकोट हुदै जुम्ला र मुगुसम्म पुग्दै छ । दिब्यराज सुबेदीले खिचिरहेको सिनेमाका गीतमा कोरियोग्राफी रामजी लामीछानेले गरिरहेका छन् । डेव्यु अभिनेत्री कसिस र नायक नवीनले मन्द मन्दमा आफुहरुले निकै नै मिहीनेतका साथ अभिनय गरिरहेको बताएका छन् ।