मदन घिमिरे भन्छन्, ‘काउसो’लाई उत्कृष्ट बनाउने प्रयास गरेकोछु

मदन घिमिरे भन्छन्, ‘काउसो’लाई उत्कृष्ट बनाउने प्रयास गरेकोछु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘काउसो’ निर्माण टिमले शुक्रबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको छ । उक्त पत्रकार भेटघाट कार्यक्रममा निर्देशक मदन घिमिरे, मुख्य अभिनेता सविन श्रेष्ठ, अर्जुन गरुङ, संगीतकार विकास चौधरी लगायतको उपस्थीती रहेको थियो । निर्देशक मदन घिमिरेले पत्रकार भेटघाट कार्यक्रममा आफुले थोरै बजेटमा उत्कृष्ट कमेडी सिनेमा निर्माण गर्ने प्रयास गरेको बताए ।यस्तै सिनेमाका मुख्य अभिनेता सविन श्रेष्ठले ‘भाग सानी भाग’ पश्चात दोस्रो पटक कमेडी सिनेमामा काम गरेको सुनाए । आफुलाई आजसम्मद दर्शकले एक्सन हिरोको रुपमा चिन्दै आएको भएता पनि ‘काउसो’मा आफुलाई दर्शकले पुर्ण रुपमा कमेडी भुमिकामा हेर्न पाउने बताए । धेरै पछि आफुले राम्रो सिनेमामा काम गरेकाले पनि ‘काउसो’बाट आफुले दर्शकको राम्रो साथ पाउने विश्वास व्यक्त गरे । नेपालमा सिनेमा निर्माण गर्न निकै सजिलो छ, तर रिलिज गर्न एकदमै गाह्रो छ । त्यसैले पनि ‘काउसो’ निर्माण भएको लामो समय पश्चात हलमा रिलिज हुन लागेको सविनको भनाई छ ।

अर्नभ फिल्मस प्रोडक्सन प्रा.लिको प्रस्तुतिमा बनेको सिनेमामा अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र अधिकारी, नविन आचार्य लगायतका कलाकारहरुकोे अभिनय छ । अर्नभ बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमामा अन्चिला केसी कार्यकारी निर्माता रहेको सिनेमा काउसोका निर्माता सिताराम तिमल्सिना ज्याक र भगवान खत्री हुन् ।

निर्देशक घिमिरेको कथा रहेको सिनेमाको पटकथा तथा संवाद भोजराज देवकोटाले लेखेका हुन् । सिनेमामा विकास चौधरीको संगीत, शंकर महर्जनको द्वन्द्व, विक्रम स्वाँरको नृत्य रहेको छ । रामेश्वर हुमागाइँको छायांकन रहेको सिनेमालाई नविन निरौलाले सम्पादन गरेका हुन् । काउसोलाई उपत्यका भित्र वि.के फिल्मस् र उपत्यका बाहिरका लागि एफडी कम्पनीले वितरण गर्दैछ ।