‘कप्स’ले दर्शकलाई निराश बनाउँदैन् : अनुप विक्रम शाही

‘कप्स’ले दर्शकलाई निराश बनाउँदैन् : अनुप विक्रम शाही

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘कप्स’को आइतबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको छ । ‘कप्स’ पृथक विषयवस्तुमा निर्माण भएको निर्देशक सम्राट सापकोटाले बताए । तीन दशकदेखि अभिनयमा सक्रिय सापकोटाले ‘कप्स’बाट निर्देशनमा डेब्यू गरेका छन् । सिनेमा एक कर्तव्यनिष्ठ प्रहरीको कथामा आधारित रहेर निर्माण गरिएको निर्देशक सापकोटाको भनाई छ । कुनैपनि देशको सरकारी सुरक्षा निकायको विषयमा सिनेमा निर्माण गर्न निकै चुनौतीपूर्ण रहेको अनुभव निर्देशकसँग छ ।

यस्तै निर्देशक सापकोटाले भने ’पछिल्लो समय नेपालमा हाँस्य प्रधान र लभस्टोरी सिनेमाले दर्शकको राम्रो साथ पाइरहेका छन् । यस्तो अवस्थामा हामीले समयानुकुल समयसापेक्ष र यर्थाथपरक सिनेमा निर्माण गरेका छौं । ‘कप्स’ मार्फत हामीले नेपालको वर्तमान परिस्थितिलाई सिनेमाको माध्यमबाट जस्ताको तस्तै देखाउँने प्रयास गरेका छौं ।’ सिनेमामा निर्देशक स्वयंमले पनि प्रमुख पात्रको रुपमा अभिनय गरेका छन् ।

खतरनाक भिलेनको रुपमा सिनेमाको पर्दामा दर्शकले हेर्दै आएका अनुप विक्रम शाहीले ‘कप्स’मा हिरोको भुमिका निर्वाह गरेका छन् । उनले सिनेमामा एक कर्तव्यनिष्ठ प्रहरी अफिसरको भूमिकामा छन् । ‘कप्स’मा अनुपलाई डिएसपी अमनको भूमिका दर्शकले देख्न पाउने छन् । अनुप भन्छन्, ’मैले मेरो भुमिकालाई शतप्रतिसत न्यायपूर्वक ढंगले निर्वाह गर्ने कोसिस गरेको छु । सायद दर्शकले पनि मन पराई दिनु हुनेछ । पोलिटिक्स, पब्लीक, पत्रकार र प्रहरीको कथामा निर्माण भएको देशभक्ति सिनेमा हो ‘कप्स’ । यसैले सम्पुर्ण नेपाली सिनेमाका दर्शकलाई एक पटक सिनेमा हेर्न आग्रह गर्छु । सिनेमा राम्रो बनेको छ । दर्शकलाई निराश बनाउँदैन ।’

अनुपले अगाडी भने, ’आफू कहिल्यै पनि हिरो वा भिलेन भनेर सिनेमामा काम नगर्ने बताए । न म यहाँ हिरो न त भिलेन नै बन्न आएको हुँ । म एउटा राम्रो कलाकार बन्न नेपाली सिनेमामा आएको हुँ । मलाई जुन भुमिकामा फिट हुन्छु जस्तो लाग्छ त्यही भुमिकालाई शतप्रतिसत न्याय गर्ने प्रयास गर्छु ।’ यस्तै पछिल्लो समय कुनैपनि नेपाली कलाकारले आफुले अभिनय गरेको सिनेमा बक्सअफिसमा असफल भएको खण्डमा त्यसको जिम्मेवारी लिन चाहँदैनन् । तर, अनुपले आफू अभिनीत सिनेमा असफल भएको खण्डमा त्यसको पुर्ण जिम्मेवारी लिन तयार रहेको सुनाए ।’ अभिनेता शाहीले भने, ’यदी मैले अभिनय गरेका सिनेमा बक्सअफिसमा असफल हुन्छन् भने एक अभिनेता भएको हैसियतले म त्यसको जिम्मेवारी लिन तयार छु र हुन्छु पनि ।’यस्तै पत्रकार भेटघाट कार्यक्रममा उपस्थीत दुई नव अभिनेत्री अनुपा भण्डारी र निरुता स्याङताङले सिनेमालाई लिएर आफूहरु निकै आशावादी रहेको बताए । हामीले ‘कप्स’मा पुर्ण रुपमा परिवार भएर काम गरेका थियौं । त्यसैको परिणाम शोरुपम सिनेमा निकै राम्रो बनेको छ भन्नेमा विश्वस्त छौं । सिनेमामा भिलेनको रुपमा अभिनय गरेका अर्का मुख्य कलाकार अमित गिरीले ‘कप्स’ एउटा उत्कृष्ट सिनेमा निमार्ण भएको दावी गरे । उनका अनुसार हलमा गएर जतीपनि दर्शकले सिनेमा हेर्नु हुन्छ, उहाँहरु कोहिपनि निराश हुनुहुने छैन् । त्यसैले सम्पुर्ण दर्शकलाई एक पटक हलसम्म पुगेर ‘कप्स’ हेर्न निम्तो गर्छु ।

सिनेमामा अनुप विक्रम शाही, सन्दिपा लिम्बु, अनुपमा भण्डारी, अमित गिरी, निरुता स्याङताङका अलवा रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, रोशन सुवेदी, रिया प्रधानलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । ‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’को संयुक्त व्यानरमा निर्माण भएको सिनेमालाई राम शाक्यले निर्माण गरेका हुन् । एक्सन र लभस्टोरी जनरामा बनेको सिनेमामा सुशान्त प्रजापतिको छायांकन, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी, विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत, अष्ट महर्जनको द्वन्द्व, विपिन मल्लको सम्पादन रहेको छ ।