रोहितको ‘छ माया छपक्कै’मा सपुष्पा अनुबन्धित !

रोहितको ‘छ माया छपक्कै’मा सपुष्पा अनुबन्धित !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – जेष्ठ ९ गते विहिबारबाट छायाँकन सुरु भएको सिनेमा ‘छ माया छपक्कै’मा ‘रणवीर’बाट चर्चामा आएकी अभिनेत्री सुपुष्पा भट्ट अनुबन्धित भएकी छन् । यो सिनेमामा यसअघि नै मुख्य अभिनेत्रीको रुपमा केकी अधिकारी फाइनल भैसकेकी थिइन् । द सिनेमा टाइम्ससँगको कुरारानीमा निर्देशक सल्लाहाकार दीपाश्री निरौलाले सुपुष्पा सिनेमामा अनुबन्धित भएको पुष्टि गरिन । सुपुष्पाले केहीदिनमा सिनेमाको सुटिङ्ग सुरु गर्ने उनको भनाई छ ।

रोहीत अधिकारीको एकल लगानी रहने सिनेमामा पहिलो पटक दीपक दीपाको टिमले नाफाको ५० प्रतिसत लिने शर्तमा सहकार्य गरेको छ । हाल सिनेमाको सिन्धुलीमा धमाधम छायाँकन भैरहेको निर्माता रोहित अधिकारीले जनाए । गतवर्षको माघमा रिलिज भएको सिनेमा ‘रणवीर’बाट सुपुष्पालाई नेपाली सिनेमा क्षेत्रले सम्भावना बोकेकी अभिनेत्रीको रुपमा हेरेको छ ।सुपुष्पाले ‘रणवीर रिलिज’ लगत्तै सुपरस्टार अनमोल केसीसँग स्प्राइटको विज्ञापनमा समेत कामग गरेकी थिइन् । भने, १२ वर्ष पछि निर्माता रोज राणाले निर्माण गर्न लागेको सुपरहिट सिनेमा ‘खलनायक’को सिक्वेलमा पनि सुपुष्पा पक्का भैसकेको चर्चा केही दिनबाट नेपाल सिनेमा क्षेत्रमा भैरहेको छ । तर, यस विषयमा सुपुष्पाले अहिलेसम्म केही बोलेकी छैनन् । यस्तै उनलाई अहिले नेपाली भन्दा पनि थुप्रै भोजपुरी सिनेमाबाट अफर आइरहेको चर्चा नेपाली सिनेमा बजारमा चलिरहेको छ ।

‘छ माया छपक्कै’लाई रंगपत्रकार तथा समिक्षक दीपेन्द्र लामाले निर्देशन गरिरहेका छन् । आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मसको संयुक्त ब्यानरमा निर्माण हुन लागेको सिनेमामा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, प्रकाश घिमिरे, रमा थपलिया लगायतका कलाकारको अभिनय रहनेछ । ४० वर्ष उमेर अन्तरालको प्रेम कथामा आधारित भएर निर्माण हुन लागेको सिनेमालाई हरि हुमागाइँले छायाँकन गरिरहेका छन् । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहने सिनेमाका गीतमा संगीतकार दीपक शर्माले संगीत भर्नेछन् ।

कविराज गहतराजको कोरियोग्राफी रहेको सिनेमालाई विपिन मल्लले सम्पादन गर्नेछन् । निर्देशक लामाको कथा रहेको सिनेमाको पटकथा दीपकराज गिरीले तयार पारेका हुन् । संवाद लेखनमा भने दीपकलाई केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरबीले सहयोग गरेकाका छन् । जितु नेपाल र केदार केदार घिमिरे सिनेमाका कार्यकारी निर्माता हुन् ।