‘ए मेरो हजुर ३’को विदेश प्रदर्शनको लागी युरोपमा झरना र सुहाना

‘ए मेरो हजुर ३’को विदेश प्रदर्शनको लागी युरोपमा झरना र सुहाना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री तथा निर्देशक झरना थापा र सुहाना थापा ‘ए मेरो हजुर ३’ विदेश प्रदर्शनको लागी शुक्रबार युरोप उडेका छन् । यूरोप उड्दै गर्दा झरना र सुहानाले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आगामी सिनेमाको बारेमा बोलेका छन् ।

सुहानाको जन्मदिनमा किन नयाँ सिनेमाको घोषणा किन भएन भन्ने पत्रकारको प्रश्नमा अभिनेत्री तथा निर्देशक झरनाले भनिन्–‘म नयाँ सिनेमा ‘भागवत गीता’ निर्माण गर्ने सोचमा छु । तर, वितरकहरुले मलाई ‘ए मेरो हजुर ४’ बनाउनका लागि सल्लाह दिनु भएको छ । यसैले पनि अहिले दुई मध्य कुन सिनेमा निर्माण गर्ने भन्ने बिषयमा निर्णय नभएकाले सुहानाको जन्मदिनमा नयाँ सिनेमा घोषणा नगरिएको बताइन् ।’उनले अगाडी भनिन्–‘मैले त अहिलसम्म पनि अभिनेता अनमोल केसी र सुहानालाई लिएर ‘भागवत गीता’ नै निर्माण गर्ने सोचेकी छु । तर, वितरकको ‘ए मेरो हजुर ४’ निर्माण गर्ने सल्लाह पछि के गर्ने गर्ने दोधार भैरहेको छ । यदी ‘ए मेरो हजुर ४’ निर्माण भएको खण्डमा अनमोल र सुहाना भन्दा पनि नयाँ कलाकारलाई स्थान दिने सोच झरनाको छ । यदी अझै पनि वितरकसँग सबै कुरा मिल्यो भने ‘भागवत गीता’का अभिनेता अनमोलसँग फेरि सहकार्य हुन्छ । ‘भागवत गीता’का लागि अनमोलसँग सामान्य कुरा हुँदा, उनी सकारात्मक नै छन् ।’

निर्देशक थापाले आफुले अहिले पुरा समय ‘भागवत गीता’कै लागी दिइरहेको बताइन् । यस्तै, डेव्यु अभिनेत्री सुहाना थापाले पनि आफू पहिलेदेखि नै ‘भागवत गीता’का लागि निकै नै उत्साहित रहेको सुनाइन् । यस्तै झरनाले भनिन् –‘भागवत गीता’का लागि आफ्नो पहिलो रोजाई पनि अनमोल र सुहाना नै हुन् । तर, अरु कलाकारसँग काम नै नगर्ने भन्ने होइन । म सबैसँग काम गर्न चाहन्छु ।’ झरना र सुहाना सिनेमा प्रदर्शनका लागि यूरोप, हङकङ र अमेरिका पुग्नेछन् ।