‘पायल’ नाममा सिनेमा निर्माणको घोषणा !

‘पायल’ नाममा सिनेमा निर्माणको घोषणा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘पायल’ नाममा नेपाली सिनेमा निर्माण हुने भएको छ । फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्माण हुने सिनेमा ‘पायल’मा दिनेश लिङ्देनको लेखन तथा निर्देशन रहने छ । यो सिनेमाको छायांकन केही दिनपछि सुरु हुँदैछ ।सिनेमामा नरेन्द्र सेन्दाङ, राजकुमार लिङ्देन, सपना ठकुरी, उषा पराजुली, उदय सुब्बा, राजु घिमिरे, प्रेम आले, मेघ मगर, दिलिप ठकुरी, आमन खानलगायतका कलाकारको अभिनय रहनेछ । निर्देशक लिङ्देनका अनुसार सिनेमाले समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार जस्ता अपराधिक एवं संवेदनशिल घटनाका विरुद्धमा आवाज उठाउनेछ । सिनेमामा अभिनय गर्नकै लागि अमेरिकामा बस्दै आएका नरेन्द्र नेपाल आइपुगेका छन् ।

सिनेमामा विकास चौधरी संगीत, दिनेश माङमुको नृत्य निर्देशन, कुमार श्रेष्ठको द्वन्द्व, विक्रम डि.सि.को छायांकन रहनेछ । बसन्त थेब कार्यकारी निर्माता रेहको सिनेमाका सह निर्माता मेखबहादुर मगर हुन् । भने, ‘पायल’को प्रस्तुतकर्तामा आरपी दाहाल छन् । सिनेमाकी निर्मात्री कविता राई लिङ्देन हुन् ।