पतायाको समुन्द्र किनारमा छल्कियो आयुष्मान र शिल्पाको प्रेम

पतायाको समुन्द्र किनारमा छल्कियो आयुष्मान र शिल्पाको प्रेम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – असार २० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘सानो मन’को निर्माण टिम यतिबेला थाईल्यान्डको राजधानी बैंककमा छ । सिनेमाको शिर्ष गीत सहितका केही दृष्यको हाल थाइल्यान्डमा छायांकन भइरहेको छ । यो सिनेमाको निर्माण युनिट यसै साता त्यहाँ गएको हो । सिनेमाको शिर्ष गीत ‘सानो मन’को आधा भन्दा बढी थाईल्याण्डको पताया र आसपासमा छायाँकन सम्पन्न गरेको यसका निर्माता राजेन्द्र मानन्धरले जानकारी दिएका छन् ।पतायाको समुन्द्री किनारमा गीतको छायांकन गरिएको छ । गीतमा सिनेमा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के रोमान्टिक मुद्रामा देखिएका छन् । यो गीतलाई निर्देशक सुयोग गुरुङले नै कोरियोग्राफी गरिरहेका छन् । हालै मात्र छायांकन स्थलबाट निर्माण टिमले केही तस्बिरहरु सार्वजनिक गरेको छ । सिनेमाको शिर्ष गीतमा रोहितजोन क्षत्रीको स्वर तथा स्वप्निल शर्माको शब्द र सुयोग सोताङको संगीत रहेको छ । पतायाको छायाँकन सकेर ‘सानो मन’ युनिट यतीबेला बैंकक पुगेको छ ।सोमबारदेखि बैंककका विभिन्न रमणीय स्थानहरुमा सिनेमाको बाँकी छायांकन सुरु गरिएको निर्माता मानन्धरले जानकारी गराए । गीतको बाँकी छायांकन पछि सिनेमाका केही थप दृष्यहरु छायांकन गरेर निर्माण टिम १५ जेठमा काठमाडौं फर्कने पनि निर्माता मानन्धरले बताए । यो सिनेमाको छायांकन आलोक शुक्लले गरिरहेका छन् ।बर्मेली नेपालीहरुको सहयोगमा आफुहरुले त्यहाँ सिनेमाको छायाँकन गर्न सफल भएको पनि निर्माता मानन्धरले सुनाए । निर्देशक सुयोगलाई त्यहाँ मुख्य सहायक निर्देशक रितसिंह बोहराले सघाईरहेको छन् । यो सिनेमामा समिर सुनुवार र निर्देशक गुरुङको कथा रहेको छ । ओपिजी फिल्मस्, ए प्लस इन्टरटेनमेन्ट र हाईटेक इन्टरटेनमेन्टको ब्यानरमा बनेको यो सिनेमाका निर्माताहरुमा राजेन्द्र मानन्धर, योगेश गुरुङ, राजिब श्रेष्ठ र रमेश कुमार मित्तल रहेका छन् ।