युरोपमा मन्द मुस्कान सहित रोमान्टिक सुहाना (फोटो फिचर)

युरोपमा मन्द मुस्कान सहित रोमान्टिक सुहाना (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – यतिवेला अभिनेत्री तथा निर्देशक झरना थापा र सुहाना थापा ‘ए मेरो हजुर ३’को विदेश प्रदर्शनको लागी युरोपमा छन् । सिनेमा प्रदर्शनसँगै उनीहरुले युरोपका विभिन्न ठाउँमा घुमघाम समेत गरेका छन् । सुहानाले सोमबार सामाजिक सञ्जालमा सार्वजनिक गरेका केही तस्वीर मन्द मुस्कान सहित रोमान्टिक बनेकी छन् । सुहानाका उक्त तस्वीर निर्देशक तथा अभिनेत्री झरना थापाले कैद गरेकी हुन् ।निर्देशक झरना थापाले छोरी सुहानालाई गतवर्षको चैत्र २९ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘ए मेरो हजुर ३’बाट नेपाली सिनेमा क्षेत्रमा डेव्यु गाराएकी हुन् । सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा छोरी सुहानालाई पनि आफु हिडेको बाटोमा ल्याएको बताएकी थिइन् । सिनेमा रिलिज पश्चात सुहाना स्टार अभिनेत्रीको रुपमा उदाएकी छन् । उनलाई सिनेमा क्षेत्रलाई नयाँ उचाईमा पुर्याउन सक्ने अभिनेत्रीको रुपमा हेरिएको छ । पहिलो सिनेमाबाट उनले आफ्नो राम्रो फ्यान फोलोइङ्ग बनाएकी छन् । सुहानाको अभिनयलाई दर्शक तथा समिक्षकले उत्कृष्ट बताएका थिए ।अहिले ‘ए मेरो हजुर ३’को विदेश प्रदर्शन र पढाईमा व्यस्त सुहानाले दोस्रो सिनेमा कुन र कहिले गर्छिन् । भन्ने, दर्शकमाझ निकै प्रतिक्षाको विषय बनेको छ । युरो उड्दै गर्दा पत्रकारले तपाईलाई बाहिरी व्यानरका सिनेमाबाट कत्तिको प्रस्ताव आइरहेका छन् ? भन्ने प्रश्नमा उनले भनिन्, ‘प्रस्ताव त थुप्रै आइरहेका छन् । केही दिन पहिलो एकजना निर्माता तथा निर्देशकले फोन गर्नु भएको थियो । तर, बाबाले अहिले छोरी पढ्दै छ, भनेर फोन राख्दिनु भयो । त्यसैले अहिले बाहिरी व्यानरका सिनेमामा काम गर्ने त्यस्तो कुनै प्लान छैन् ।’सुपरस्टार अनमोल केसी र डेव्यु अभिनेत्री सुहाना थापाको मुख्य भुमिका रहेको सिनेमाले नेपाली बक्सअफिसमा बम्पर व्यापार गरेको थियो । निर्माता सुनिल कुमार थापाका अनुसार सिनेमाले अल नेपाल करिब नौ करोड ग्रस व्यापार गरेको थियो । यो सुपरस्टार अनमोल केसीले अभिनय गरेका सम्पुर्ण सिनेमाको रेकर्ड ब्रेक कमाई हो । सिनेमामा अनमोल र सुहानाले गरेको अभिनयले दर्शकबाट उत्कृष्ठ प्रतिक्रिया पाएका थिए । नेपालमा सुपरहिट भएसँगै सिनेमाको विदेशका थुप्रै देशहरुमा निकै डिमाण्ड भैरहेको निर्देशक थापाले बताइन् । सिनेमालाई युरोपका दर्शकले पनि निकै मन पराएका छन् ।