सलोनको अभिनयबाट निकै प्रभावित छु : पूजा शर्मा

सलोनको अभिनयबाट निकै प्रभावित छु : पूजा शर्मा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पछिल्लो समयकी हटकेक अभिनेत्री मध्येकी एक हुन् पूजा शर्मा । पुजा शर्माले ‘प्रेमगीत’ पश्चात आफ्नो होम प्रोडक्सन र सुदर्शन थापाको निर्देशनमा निर्माण भएका सिनेमामा मात्रै काम गरेकी छन् । उनै पुजा शर्मा पहिलो पटक होम प्रोडक्सन र निर्देशक सुदर्शन थापा बिनै काम गर्दैछिन् । पुजाले केहीदिन पछिबाट निर्देशक शिशिर राणाको निर्देशनमा निर्माण हुने सिनेमा ‘पोई पर्यो काले’को छायाँकन सुरु गर्दैछिन् ।यसैबीच उनले निर्देशक शोभित बस्नेतको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘बद्रीबहादुर’ को ‘पुलिस दाई’ बोलको गीतमा नृृत्य गरेकी छन् । उक्त गीतमा पुजालाई अभिनेता सलोन बस्नेत र जयकिसन बस्नेतले साथ दिएका छन् । पूजा सिनेमाको गीतमा मात्र देखिनेछिन् । भने, गीतमा सलोन इन्स्पेक्टरको पहिरनमा देख्न पाइनेछ । निर्देशक शोभितले गीतमा एक स्टार अभिनेत्री चाहिने भएका कारण पूजालाई रोजिएको बताए ।अभिनेत्री शर्मा र सलोनलाई नेपाली सिनेमा क्षेत्रमा जीवन्त अभिनय गर्ने कलाकारको रुपमा चिन्ने गरिन्छ । पूजा र सलोनले हरेक सिनेमामा आफ्नो अभिनय क्षमतालाई निखारता प्रदान गर्दै आइरहेका छन् । भने, पूजाले एक्लैले सिनेमालाई सफल बनाउन सक्ने क्षमता राख्छिन् । यस्तै, सलोनले अभिनय गरेको सिनेमामा मुख्य कलाकार नै छाँयामा पर्ने गर्दछन् ।‘बद्रीबहादुर’को गीतको छायाँकनको क्रममा पत्रकारसँग कुरा गर्दै पूजाले सलोनले अभिनय गरेका कुनै सिनेमा हेर्न नछुटाएको बताइन् । पूजाले अगाडी ननिन्, ’उसले बाल कलाकारको रुपमा अभिनय गरेका सिनेमा हेरेर म धेरै रोएकी छु । म ऊसँग फिदा थिएँ । मलाई ऊसँग बिहे गर्ने रहर समेत जागेको थियो । म सलोनको अभिनयबाट निकै प्रभावित छु ।’ पूजाले सलोन सिनेमाको पिल्लर रहेको पनि बताइन् ।सिनेमामा जयकिसन बस्नेत, छुल्ठिम गुरुङ, राजिवजंग बस्नेत, धिरेन शाक्य, लय संग्रौलालगायतका कलाकारहरु मुख्य भुमिका रहेको छ । सिनेमामा समावेश उक्त गीतमा टंक बुढाथोकीको स्वर, शब्द तथा संगीत रहेको छ । शिव विकको कोरियोग्राफी रहेको गीत पूजा र सलोनले नृत्य गरेका छन् । विनोद सापकोटाले गीतको छायांकन गरेका हुन् ।तस्वीर : उद्धव रसाइली