‘दासढुंगा च्याप्टर २’लाई चाहियो कलाकार र प्राविधिक

‘दासढुंगा च्याप्टर २’लाई चाहियो कलाकार र प्राविधिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – केही दिन पहिले निर्माता तथा निर्देशक अपिल बिष्टले नेपाल कम्युनिष्ट पार्टी ‘एमाले’का तात्कालिन महासचिव मदन भण्डारीको मृत्युमा आधारित सिनेमा ‘दासढुंगा’को दोस्रो भाग निर्माण गर्ने घोषणा गरेका थिए । आज उनै मदन भण्डारीको पुण्य तिथिको अवसर पारी सिनेमामा काम गर्न चाहाने कलाकार तथा प्राविधिकको खोजी भैरहेको एक विज्ञप्ती मार्फत निर्माण टिमले जानकारी गराएको छ ।

सन् २०१० मा निर्माण भएको सिनेमालाई निर्देशक मनोज पण्डितले निर्देशन गरेका थिए । भने ‘दासढुंगा च्याप्टर २’लाई कुमार भट्टराईले निर्देशन गर्दैछन् । दासढुंगा काण्ड पछि त्यसको प्रत्यक्ष असर परेका क्षेत्रको कथालाई सिनेमाले उठाउने छ । जसको लागि अनुसन्धानका लागी निर्माण टिम लागी परेको निर्माता अपिल विष्टले बताए । सिनेमाले ‘राष्ट्रपति, प्रधानमन्त्री, राजनीति र दुर्घटना’लाई सुष्म रुपमा केलाउने निर्माण टिमको भनाई छ ।कास्ट एण्ड क्रु लगभग फाइनल भैसकेका छन् । तर, सिनेमाको लागी केही नयाँ अनुहारको पनि आवश्यकता परेकाले हामीले कलाकार छनोटका लागी अडिसन आव्हान गरेको निर्देशक भट्टराईले बताए । यस्तै, सिनेमाका लागी सहायक निर्देशक, कला निर्देशक, सिजिआई निर्देशक, साउण्ड डिजाइनर तथा अन्य प्राविधिक, बाल कलाकार, थिएटर व्यागराउण्ड कलाकारको लागी अडिसन आव्हान गरिएको हो ।केही हप्तामा त्यो पनि फाइनल हुने निर्माता विष्टको भनाई छ । सिनेमामा केहि ‘दासढुंगा’का कलाकार हुनेछन् भने, केहि नयाँको इन्ट्री हुनेछ । अपिल विष्ट फिल्मसको प्रस्तुति रहने सिनेमासँग अस सिनेमा र म्याजिक माउन्टेन मुभिजले सहकार्य गरेका छन् । कुशल पाण्डे निर्माता रहने सिनेमामा दीपक ओली र प्रकाश केसीले कार्यकारी निर्माताको भूमिका निर्वाह गर्नेछन् । भने, सह-निर्मातामा प्रदीप आचार्य रहेका छन् ।