राजनिति नगर्ने भन्दै करिष्माले छोडिन बाबुरामको पार्टी

राजनिति नगर्ने भन्दै करिष्माले छोडिन बाबुरामको पार्टी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सदाबहार अभिनेत्री करिष्मा मानन्धरले डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीमार्फत केही वर्ष पहिले राजनीतिक यात्रा सुरु गरेकी थिइन् । उनले देशलाई नयाँ शक्तिको खाँचो रहेको भन्दै राजनीति यत्राको थालनी गरेकी थिइन् । तर, राजनीतिमा लागेको ४ वर्षपछि थपडी बजाउनलाई मात्रै राजनिति नगर्ने भन्दै करिष्माले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् ।करिष्माले तत्कालिन डा बाबुराम भट्टराई अध्यक्ष रहेको पार्टी नयाँ शक्ति छोडेको बताएकी हुन् । आफुले पार्टी छोडेता पनि राजनिति भने नछोडेको स्पष्ट पारिन । अब कसैको गुलामी गरेर राजनिति नगर्ने तर, स्वतन्त्र रुपमा राजनिति गर्ने सोच उनको छ । नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेत्तृत्वको संघीय समाजवादी फोरमबीच एकता भएपछि करिष्मा निष्क्रिय जस्तै थिइन् । यसैबीच करिष्माले मौखिक रुपमा राजीनामा दिएको बताएकी छिन् । लिखित रुपमा भने राजीनामा दिन बाँकी रहेको उनले बताइन् ।उनले व्यक्तिगत व्यस्तताका कारण पार्टीको राजनीतिबाट टाढा हुने निर्णय लिएको जानकारी दिइन् । गत चैतमा एसईईको परीक्षा दिएर बसेकी करिष्मा राजनीतिक र सामाजिक विषयमा आफ्ना अभिव्यक्ति दिने गर्छिन् । पछिल्लो समय उनी सिनेमा क्षेत्रबाट भने टाढा छिन् । तर, केही समय पहिले जेष्ठ ३ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘जात्रै जात्रा’को एक गीतमा भने नृत्य गरेकी थिइन् । ‘माया पिरिममा’ बोलको उक्त गीत अहिले सिनेमा बजारमा निकै हिट छ ।