सौगात र पुजाको ‘पोई पर्यो काले’को छायाँकन सुरु

सौगात र पुजाको ‘पोई पर्यो काले’को छायाँकन सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मल्टिस्टारर सिनेमा ‘पोई पर्यो काले’को बुधबार पोखराको बिन्दाबासिनीमा क्यामेरा पूजा गरेर छायाँकन सुरु गरिएको हो । पोखराबाट छायाँकन सुरु भएको सिनेमामा पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, सृष्टि श्रेष्ठ, सुरक्षा पन्त, सोहित मानन्धर लगायतका कलाकारको मुख्य भूमिका रहने छ ।सिनेमामा शिशिर राणाको लेखन तथा निर्देशन रहने छ । रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमा ‘पोइ र्पयो काले’को प्रस्तुतकर्ता श्यामबहादुर थापा हुन् । दिपक मनाङ्गे र अ देवी राइको लगानी रहेको सिनेमामा किरण नेपाली र रघु परियार कार्यकारी निर्माताको रुपमा रहेका छन् ।कमेडी कथावस्तुमा निर्माण हुन लागेको सिनेमामा राजाराम पौडेल, विन्दा खतिवडा, जयनन्द लामा लगायतका कलाकारको पनि अभिनय रहनेछ । शिव ढकालको छायांकन रहने सिनेमामा सुवाष भुषाल र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहने छ । ‘पोई पर्यो काले’ कात्तिकको ८ गतेबाट तिहारको अवसर पारेर रिलिज हुनेछ ।