सकियो निश्चल र स्वस्तिमाको ‘घामड शेरे’को छायाँकन

सकियो निश्चल र स्वस्तिमाको ‘घामड शेरे’को छायाँकन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हेमराज विसीको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘घामड शेरे’को सुटिङ सकिएको छ । निर्माण टिमका अनुसार क्यामेरा ‘अन’ भएको ३८ औं दिनमा सिनेमाको सम्पुर्ण छायांकन प्याकअप भएको हो । सिनेमाको सम्पुर्ण छायांकन पूरा गरेर निर्माण टिम बुधवार राजधानी फर्किसकेको छ ।

सिनेमामा अभिनेता तथा निर्देशक निश्चल बस्नेत र स्वस्तिमा खड्काको रियल जोडीले पहिलो पटक पुरा सिनेमामा स्क्रिन सेयर गरेका हुन् । यसअघि यो जोडीले ‘दुई रुपैयाँ’मा समावेश सुपरहिट गीत ‘कुटुमा कुटु’ र ‘नाच फिरिरि’ बोलका दुई गीतमा नृत्य गरेका थिए । तर, सिनेमामा भने यो रियल जोडीले अहिलेसम्म अनस्क्रिन रोमान्स गरेका थिएनन् ।निर्माण टिमका अनुसार ‘घामड शेरे’मा उनीहरु श्रीमान्-श्रीमतीको भूमिका निर्वाह गरेका छन् । सिनेमाको सम्पुर्ण छायाँकन कर्णाली प्रदेशको राजधानी सुर्खेतमा गरिएको हो । पहिलो पटक एकसाथ काम गरेको यो रियल जोडीलाई ठूलो पर्दामा हेर्न दर्शक निकै आतुर छन् । सामाजिक कथावस्तु समेटिएको सिनेमालाई रोमान्टिक–कमेडी जनरामा निर्माण गरिएको छ ।‘घामड शेरे’मा निश्चल र स्वस्तिमाका अलावा संयम पुरी, सुष्मा निरौला र लोकेन्द्र लेखकलगायतका कलाकारको पनि अभिनय रहेको छ । विसी मोसन पिक्चरको ब्यानरमा निर्माण भएको सिनेमालाई नरेन्द्र मैनालीले छायाँकन गरेका हुन् । छायाँकन सकिएसँगै निर्माण टिमले ‘घामड शेरे’ को प्रदर्शन मिति समेत फाइनल गरेको छ । यो आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आउने छ ।