भाद्र २७ मा ‘पासवर्ड’

भाद्र २७ मा ‘पासवर्ड’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सन्नी लियोनीले अभिनय गरेको नेपाली सिनेमा ‘पासवर्ड’को प्रदर्शन मिति फाइनल गरिएको छ । यो सिनेमा आगामी भाद्र २७ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ ।सिनेमाको बजेट अत्याधिक भएका कारण पनि राम्रो डेट हेरेर सिनेमाको प्रदर्शन मिति पक्का गरिएको निर्माण टिमको भनाई छ । अव यो सिनेमासँग पल शाह स्टारर ‘हृदय भरी’ र दयाहाङ राई र रेखा थापाको मुख्य भुमिका रहेको सिनेमा ‘निरफुल’सँग जुध्ने भएको छ ।नेपाल सिनेमा इतिहाँस मै सर्वाधिक बजेटमा निर्माण भएको सिनेमालाई थुप्रै सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका सम्राट बस्नेतले निर्देशक गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो । सिनेमाको कथा, पटकथा तथा संवाद स्वयंम निर्देशक बस्नेतले तयार पारेका हुन् । सिनेमामा बिक्रम जोशी (विक्की), सन्नी लियोनी, अनुपबिक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, धिरेन शाक्य, विक्रान्त बस्नेत, प्रविण खतिवडा, लिशा सुनार, परी राना लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।यो सिनेमामा बलिउड अभिनेत्री सन्नी लियोनीले एक गीत र केही सिनमा अभिनय गरेकी छिन् । सन्नी लियोनीले अभिनय गरेको गीतको भिडियोलाई बलिउडका चर्चित कोरियोग्राफर विष्णु देभाले निर्देशन गरेका हुन् । विष्णुदेभा उनै कोरियोग्राफर हुन् जसले सलमान खान देखि शाहरुख खान, अक्षयकुमार जस्ता बलिउडका स्टार कलाकारका सिनेमाहरुमा नृत्य निर्देशनको रुपमा काम गरिसकेका छन् ।एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको सिनेमाको प्रदर्शन मिति तय भइसकेको छ । यो सिनेमालाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् । अकिंत गौतम कार्यकारी निर्माता रहेको सिनेमामा अजित के थापा सहनिर्माताको रुपमा रहेका छन् । एक्सन, कमेडी, थ्रिलर जनरामा निर्माण भएको सिनेमालाई सौरभ लामाले छायाँकन गरेका हुन् । अर्जु जिसीले सम्पादन गरेको सिनेमाको पहिलो गीत आगामी जेष्ठ २० गते रिलिज गरिने निर्माण टिमले जनाएको छ ।