राजधानीमा अत्याधुनिक सुविधा सम्पन्न ’इनडोर स्टुडियो’ स्टुडियो निर्माण हुने

राजधानीमा अत्याधुनिक सुविधा सम्पन्न ’इनडोर स्टुडियो’ स्टुडियो निर्माण हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाल सरकारले बुधबार गणतन्त्र दिवसको अवसर पारेर सार्वजनिक गरेको आर्थिक वर्ष ०७६/७७ को बजेटमा सरकारले काठमाडौं उपत्यकामा अत्याधुनिक सिनेमा स्टुडियो निर्माण गर्ने घोषणा गरेको छ । नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट प्रस्तुत गर्दै काठमाडौंमा अत्याधुनिक सुविधा सम्पन्न सिनेमा स्टुडियो निर्माण गरिने घोषणा गरेका हुन् । तर, सरकारले स्टुडियो निर्माणका लागि बजेट भने विनियोजन गरेको छैन ।

बजेट अभावले गर्दा वर्षौदेखि निर्माण हुन नसकेको दोलखाको डाङडुङे डाँडामा अन्तर्राष्ट्रिय स्तरको सिनेमा सुटिङ स्टुडियो निर्माणको लागी यस वर्षको बजेटमा स्थान पाएको छैन । शिलन्यास भएर पनि बजेट अभावका कारण दोलखामा सुटिङ स्टुडियो निर्माण हुन सकेको छैन् । अब, सरकारले राजधानीमै सुविधा सम्पन्न ’इनडोर स्टुडियो’ निर्माण गर्ने भएको छ ।राजधानीमा अत्याधुनिक स्टुडियो निर्माण हुने भएपछि सिनेमाकर्मीको मुहारमा खुसी छाएको छ । आगामी वर्ष ’छायांकनका लागि नेपाल’ भन्ने कार्यक्रम पनि सुरु गर्ने अर्थमन्त्री खतिवडाले बजेट भाषणमा बताएका छन् । यस्तै, बजेटमा श्रमजीवि सिनेमाकर्मीलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने पनि जनाइएको छ ।यसवर्ष सरकारले सिनेमा क्षेत्रको विकासमा लागि कुनै शिर्षकमा बजेट छु्ट्याएको छैन । गत वर्ष सरकारले बक्स अफिसका लागि बजेट विनियोजन गरेको थियो । तर, यस वर्षको बजेटमा बक्स अफिस अटाएको छैन । हरेक वर्ष सरकारले प्रस्तुत गर्ने बजेटमा नेपाली सिनेमा क्षेत्र प्राथमिकतामा पर्न सकेको छैन । यस वर्ष पनि यसले निरन्तरता पाएको छ ।