फ्राईडे रिलिज : हलमा ‘कुम्भ करण’, ‘कप्स’ र ‘काउसो’

फ्राईडे रिलिज : हलमा ‘कुम्भ करण’, ‘कप्स’ र ‘काउसो’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट तीन नयाँ नेपाली सिनेमाले बक्सअफिसमा प्रदर्शनको सुरुवात गरेका छन् । यस्तै यो शुक्रवारबाट प्रदर्शनमा सम्राट सापकोटा निर्देशित सिनेमा ‘कप्स’, मदन घिमिरेको निर्देशनमा निर्माण भएको सिनेमा ‘काउसो’ र दीपक ओली निर्देशनमा निर्माण भएको सिनेमा ‘कुम्भ करण’ले आफ्नो प्रदर्शन सुरुवात गरेका हुन् । ‘कुम्भ करण’ले मल्टिपेलेक्समा केही शोज् पाएता पनि अन्य दुई सिनेमा ‘कप्स’ र ‘काउसो’ सिंगल हलमा मात्रै प्रदर्शन भएका छन् । यी तीन ओटै सिनेमामा नाम चलेका कलाकारहरुको अभिनय रहेको छ ।

राम शाक्यले निर्माण गरेको सिनेमा ‘कप्स’मा अभिनेता अनुप विक्रम शाही मुख्य भुमिका रहेको छ । प्रायः भिलेनको भुमिकामा फिट देखिने अनुप विक्रमले ‘कप्स’मा भने कर्तव्यनिष्ठ एक प्रहरी अफिसरको भूमिका निर्वाह गरेका छन् । सिनेमा सन्दिपा लिम्बु, अनुपमा भण्डारी, अमित गिरी, रामराज क्षेत्री, निरुता स्याङताङ, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । सुशान्त प्रजापतिले सिनेमाको छायाँकन गरेका हुन् ।

‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’ को निर्माणमा बनेको ‘कप्स’ मा अष्ट महर्जनको द्वन्द्व छ । सिनेमाले पोलिटिक्स, प्रहरी, पत्रकार र जनताको कथा बोल्ने निर्देशक सापकोटा बताउँछन् । एक्सन र लभस्टोरी जनरामा बनेको सिनेमामा कविराज गहतराज र शिशिर खातीको नृत्य निर्देशन र विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत छ । विपिन मल्लले सिनेमाको सम्पादन गरेका हुन् ।

कमेडी कथावस्तुमा निर्माण भएको सिनेमा ‘काउसो’मा भने एक्सन हिरोको रुपमा आफूलाई स्थापित गरेका सविन श्रेष्ठ मुख्य भूमिका रहेको छ । अनु पराजुली, अर्जुन गुरुङ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारीलगायतको सिनेमामा अभिनय रहेको छ । रामेश्वर हुमागाईको छायाँकन रहेको सिनेमाका प्रस्तुतकर्ता अर्नभ बस्नेत हुन् । भने, निर्माताहरु राजेन्द्र बस्नेत, सिताराम तिमल्सिना र भगवान खत्री रहेका छन् । भने, ‘काउसो’की कार्यकारी निर्माता अन्चिला केसी हुन् ।

यस्तै, आकाश पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको सिनेमा ‘कुम्भ करण’का कार्यकारी निर्माता रोम वली हुन् । भने, क्षितिज बस्नेत र खड्क वुढाथोकी सिनेमाका निर्माता हुन् । सिनेमा ‘कुम्भ करण’मा नीशा अधिकारी, गौरव पहारी, भोलाराज सापकोटा, अभय बराल, आकाश पल, कुलदिप अधिकारी, सद्भाव थापालगायतको मुख्य भूमिका रहेको छ । सिनेमाको कथा, पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । यो सिनेमालाई हरी लामाले छायाँकन गरेका हुन् ।