‘जात्रै जात्रा’लाई तेस्रो सातामा मल्टिपेलेक्समा अझै बढि शोज्

‘जात्रै जात्रा’लाई तेस्रो सातामा मल्टिपेलेक्समा अझै बढि शोज्

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – जेष्ठ ३ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘जात्रै जात्रा’ले दर्शकाको राम्रो साथ पाइरहेको छ । पहिलो साताको तुलनामा दोस्रो साता उत्कृष्ट व्यापार गरेको सिनेमाले तेस्रो साता पनि आक्रामक व्यपारलाई निरन्तरता दिइरहेको छ । धेरै जसो सिनेमाको व्यपार पहिलो साताको तुलनामा दोस्रो र तेस्रो साता कमजोर बन्दै गइरहेको हुन्छ । तर, प्रदर्शनरत सिनेमा ‘जात्रै जात्रा’को हकमा भने, यो नियम गलत साबित भएको छ । प्रायः नेपाली सिनेमालाई पहिलो हप्ता पनि हलमा टिक्न मुश्किल पर्छ, हल सङ्ख्या र शोजहरु पनि घट्दै जान्छ ।

तर, ‘जात्रै जात्रा’ ले भने पहिलो हप्ताको तुलनामा तेस्रो हप्ता झन् बढी हल पाएको छ । सिनेमाले सिंगल पर्दा ३ दर्जन बढी पाएको थियो, पहिलो हप्ता । दोस्रो हप्ता एक दर्जनको आसपासमा बढ्यो । भने, तेस्रो हप्तामा सिनेमाले दुई दर्जन बढी हल थप पाएको छ । यो सिनेमाको हल संख्या बढ्नुको कारण प्रदर्शनको पहिलो र दोस्रो साता नाम चलेका व्यानरका सिनेमा प्रदर्शन नहुनु र सँगै प्रदर्शनमा आएको सिनेमा ‘बीर विक्रम २’ले बक्सअफिसमा कमजोर व्यापार गर्नुलाई मानिएको छ ।

प्रदर्शनको पहिलो दिन क्यूएफएक्स चेनमा १९ सोज पाएको यो सिनेमाले पहिलो र दोस्रो साताको तुलनामा तेस्रो हप्ताको पहिलो दिन अझै धेरै २१ सोज हात पारेको छ । शनिवार पनि देशकै ठुलो मल्टिपेलेक्स चेन क्युएफएक्सले ‘जात्रै जात्रा’लाई २१ शो नै उपलब्ध गराएको छ । यो सिनेमालाई तेस्रो हप्ता ‘जात्रै जात्रा’ बिग मुभिज, विएसआर, एफक्यूब र सिडिसीले समान ५/५ शो उपलब्ध गराएका छन् । मल्टीप्लेक्सहरुले यसलाई तेस्रो हप्ता पनि उच्च सोज बाँड्नुले ‘जात्रै जात्रा’ ले प्रदर्शनको दुई हप्ता आक्रामक व्यापार गरेको बुझ्न सकिन्छ ।

‘जात्रै जात्रा’लाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । यो सिनेमाले बक्सअफिसमा सपरलताका साथ प्रदर्शन भएसँगै उनले सफल निर्देशकको रुपमा ह्याट्रिक गरेका छन् । यसअघि भट्टराई निर्देशित सिनेमा ’जात्रा’ र ’शत्रु गते’ले पनि बक्सअफिसमा बम्पर व्पापार गरेका थिए । ‘जात्रै जात्रा’ लाई दर्शक तथा समीक्षकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।

रबिन्द्र सिंह बानिया कार्यकारी निर्माता रहेको सिनेमामा सिंगे लामा र यज्ञश्वर पौडेलको लगानी रहेको छ । सिनेमामा दयाहाङ राई, विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, वर्षा राउत, राजाराम पौडेललगायतका कलाकारहरुको अभिनय रहेको छ ।