प्रेस शोमा रुचाइयो ‘कुम्भ करण’

प्रेस शोमा रुचाइयो ‘कुम्भ करण’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबार विहान राजधानीको कुमारी हल स्थीत कसमारी हलमा आजबाट प्रदर्शनमा आएको सिनेमा ‘कुम्भ करण’को प्रेसको आयोजना गरिएको थियो । जहाँ सिनेमाकर्मी र मिडियाकर्मीको बाक्लो उपस्थीत रहेको थियो । निर्माण टिमले पनि सिनेमाकर्मी र मिडियाकर्मीसँग बसेर सिनेमाका हेरेका थिए । सिनेमा हेरेर हलबाट निस्किँदै गर्दा अधिकाँशले सिनेमालाई राम्रो भनेका छन् ।

कमेडी जनराको सिनेमाले प्रेस शोमा सकारात्मक प्रतिक्रिया पाएको छ । पहिलो हाफसम्म दर्शकलाई हसाउँदै बाध्न सफल सिनेमाले सेकेण्ड हाफमा सस्पेन्सलाई बढि स्थान दिएको छ । तीन मुख्य कलाकार भोलाराज सापकोटा, गौरव पहारी र अभय बरालको अभिनयलाई अधिकाँशले उत्कृष्ट बोलेका छन् । तीनै जनाको अभिनय कलाले छिन-छिनमा दर्शकलाई हाँसो रोक्न दिँदैन ।

अभिनेत्री निशा अधिकारीको काम मध्यम छ । मुख्यतः नेपाली शिक्षकको भुमिकामा प्रस्तुत गौरवका संवादले सिनेमाभरी रोमाञ्चकता थपेको छ । भोला र अभयको काममा खोट लगाउने ठाउँ छैन । सिनेमा हेरिसकेपछि अधिकांश दर्शकले राम्रो बोले । मिडियाकर्मी र सिनेमाकर्मीबाट युवा निर्देशक दीपक वलीले बधाई र शुभकामना ग्रहण गरे ।

आकाश पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको ‘कुम्भकरण’का कार्यकारी निर्माता रोम वली हुन्, भने खड्क वुढाथोकी  र क्षितिज बस्नेत सिनेमाका निर्माता हुन् । महेश दवाडीले सिनेमाको कथा, पटकथा तथा संवाद तयार पारेका हुन् । सिनेमा ‘कुम्भ करण’मा नीशा अधिकारी, गौरव पहारी, भोलाराज सापकोटा, अभय बराल, आकाश पल, कुलदिप अधिकारी, सद्भाव थापालगायतको मुख्य भूमिका रहेको छ । यो सिनेमालाई हरी लामाले छायाँकन गरेका हुन् ।