‘मारुनी’को फस्टलुक पोष्टरमा रोमान्टिक बने पुष्प र साम्राज्ञी

‘मारुनी’को फस्टलुक पोष्टरमा रोमान्टिक बने पुष्प र साम्राज्ञी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता पुष्प खड्का र पछिल्लो समयकी हटकेक अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत सिनेमा ‘मारुनी’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । साम्राज्ञी करिब एकवर्ष पछि काँचको पर्दामा देखिदैछिन् । गतबर्षको असोजमा उनी अभिनित सिनेमा ‘इन्टु मिन्टु लण्डनमा’ रिलिज भएको थियो ।पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमको लगानीमा निर्माण भएको सिनेमालाई नवल नेपालले निर्देशन गरेका हुन् । मारुनीमा राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री सह–निर्माताको रुपमा रहेका छन् । सिनेमाको सार्वजनिक फस्टलुक पोष्टरमा मुख्य कलाकार अभिनेता पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई स्थान दिइएको छ । टौवा क्रियशनले तयार पारेको पोष्टरमा पुष्प र साम्राज्ञीलाई प्रेम जोडीको रुपमा प्रस्तुत गरिएको वुझ्न सकिन्छ ।

सिनेमाको बिषयवस्तुको बारेमा निर्माणपक्षले केही पनि बोलेको छैन । संजय लामाले छायाँकन गरेको सिनेमामा अर्जुन पोखरेल, दीपक बज्राचार्य र कृष्ण काफ्लेको संगीत रहेको छ । सिनेमामा डेव्यु अभिनेत्री रेविका गुरुङको पनि मुख्य भूमिका रहेको छ ।‘मारुनी’को बिषयमा निर्मात्री गौतम भन्छिन्–‘हामीले यसपटक दर्शकको मुटुलाई छुने कथामा सिनेमा निर्माण गरेका छौं । सिनेमामा थुप्रै ट्विस्ट छन् । सिनेमाले दर्शकको मनलाई छुन्छ भन्नेमा विश्वस्त छौं ।’ अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘मारुनी’लाई आफ्नो करिअरकै महत्वकांक्षी सिनेमा बताएकी छन् । आजसम्म आफुले यस्तो भूमिकामा काम नगरेको भनाई साम्रज्ञीको छ ।

‘मारुनी’ साम्राज्ञीका लागी मात्रै होइन मुख्य अभिनेता पुष्प खड्काको लागी पनि उत्तिकै महत्वपुर्ण छ । बैशाख २० गतेबाट प्रदर्शनमा आएको यो वर्षको पहिलो हिट सिनेमा दाल भात तरकारीमा अभिनय गरेका पुष्पका लागी करिअरकै सर्वोउत्कृष्ट सिनेमा सावित हुनेमा विश्वस्त छन् ।